पवन राज तिमिल्सेना
बर्दिया बांके
मंसिर २२
बारबर्दिया नगरपालिका वडा नं २ लाई आज बालबिवाह मुक्त वडा घोषणा गरीएकाे छ । बारबर्दिया नगरपालीका वडा नं २काे आयाेजनामा बर्दियामा सञ्चालन गरिएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बारबर्दिया नगरपालीका वडा नं २ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हाे
प्लान इन्टरनेशनल नेपाल, भेरि वातावरणिय बिशिष्टता समुह बि ग्रुप बाँके र राधा कृष्ण थारु जनसेवा केन्द्र बर्दियाको सह प्रायाेजकमा याे कार्यक्रम सम्पन्न भएकाे हाे । याे कार्यक्रम मा सहप्रायाेजक अथक प्रयास तथा सहकार्य मा यो उपलब्धि सम्भव भएको वडा नम्बर २ का अध्यक्ष रामफेन थारुले बताउनुभयो ।
बारबर्दिया नगरपालीका वडा नं २ का वडा अध्यक्ष थारुको अध्यक्षतामा सम्पन्न भएको वालविाहमुक्त वडा घोषणा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सेना रहनु भएकाे थियाे। विशिष्ट अतिथिमा सो बर्दिया नगरपालीका उपप्रमुख रत्ना कुमारि पाण्डे, प्लान इन्टरनेशनल नेपाल कि क्षेत्रिय प्रबन्ध मिना पराजुली, बि ग्रूप बाँकेका कार्यकारी निर्देशक डम्मर सुनार रहनु भएकाे थियाे ।
कार्यक्रममा वारबर्दिया नगरपालीकाका सम्पुर्ण जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा, राजनीतिक दलका प्रतिनिधि, धार्मिक तथा सामाजिक अगुवा, पत्रकार, समाजसेवी लगायतको सहभागिता रहेको थियो । करिब ८०० सय बढी सर्वसाधारण सहभागि सो कार्यक्रमको विशेष आकर्षण मोडल दिपा भण्डारी लाइभ प्रस्तुति रहेको थियो जसमा उहाँका नृत्यले दर्शकहरुलाई रोमाञ्चित बनाएको थियो । सहभागिहरुले अन्य विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आनन्द लिएका थिए।
वारबर्दिया नगरपालीका महिला तथा जेष्ठ नागरीक शाखाकी निरिक्षक लक्ष्मी पौडेल र प्लान इन्टरनेशनल नेपालकी क्षेत्रिय प्रबन्धक मिना पराजुलीले वालविवाहमुक्र घोषणाका लागि गरिएको सामूहिक प्रयासका बारेमा बिस्तृत रुपमा जानकारी गराउनुभयो ।
प्लान इन्टरनेशनल नेपाल, भेरि वातावरणिय बिशिष्टता समुह बि ग्रुप बाँके र राधा कृष्ण थारु जनसेवा केन्द्र बर्दिया लागायत बिभिन्न सामाजिक संघसस्था, तथा अभियानमा सक्रिय सहभागीता जनाउने लाई सम्मान गनुका साथै सो ऐतिहासिक घोषणाले बारबर्दिया नगरपालीकाको बालबालिकाको उज्ज्वल र सुरक्षित भविष्यप्रतिको सामूहिक दृष्टिकोण र प्रतिबद्धता प्रष्ट गरेको छ ।