बाजुरा — नेपाल खाद्य संस्थान बाजुरा शाखा बाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण सुरु भएको छ । बिहीवारबाट जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा र डिपो कार्यालय कोल्टीबाट चिनी बिक्रीवितरण सुरु भएको छ ।
नागरिकलाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउने उदेश्यका साथ बाजुरा का खाद्य शाखा रहेका मार्तडी र कोल्टी शाखा हरु बाट एकसाथ बिक्रीवितरण सुरु गरिएको खाद्य संस्थान शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले बताएका छन् । उनका अनुसार मार्तडी शाखा र कोल्टीमा २०।२० क्विन्टल चिनी पुगेर बिक्रीवितरण कार्य सुरु भएको बताएका छ न्।
हाल मार्तडी काे बजारमा बिक्री भैरहेकाे बजारभाउकाे चिनीमा प्रति केजी १ सय २० रहेकोमा मार्तडी खाद्य कार्यालयबाट १ सय १५ रुपैयाँमा चिनी बिक्रीवितरण भइरहेको छ भने कोल्टी बजारमा बिक्री बितरण भैरेकाे बजार भाउमा चिनीमा प्रति केजी १ सय २३ कायम रहेकोमा कोल्टी खाद्यबाट १ सय १८ रुपैयाँमा बिक्रीवितरण हुने गरेको छ । बजार भाउ भन्दा नेपाल खाद्या संस्था तथा व्यापार कम्पनीले ५रुपैया कममा दिएकाे कार्यालय प्रमुख भण्डारीले बताएका छन् ।
बजारमा चिनीको मूल्य आकाशीएकाेबेला नेपाल खाद्य संस्थानबाट सहुलियत मूल्यमा चिनी पाउँदा आफुले किन्न पाउँदा बाजुराका स्थानिय हरु खुसि भएका छन् ।