बाजुरा- आइतबार भएको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचनको मतगणना सुरु भएको छ ।
पालिकाका ९ मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेपछि सर्वदलीय बैठकले ९ बजेर ३० मिनेटबाट मतगणना सुरु गर्ने सहमती भएको थियो ।
पाँच मतदानस्थलको ९ मतदान केन्द्रका क र ख मतदान केन्द्र्रबाट मतगण्ना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार मत परिणाम आज राति नै आउने गरी मतगणना थालेको बताए ।
आज भएको मतदानमा सात हजार ४६० मतदाता मध्ये तीन हजार ९०३ अर्थात ५२ दशमलव ३१ प्रतिशत मत खसेको थियो ।
२०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि रिक्त रहेको उपाध्यक्ष पदको उप निर्वाचन भएको हो ।
उप निर्वाचनमा यहाँका पाँच दलले उम्मेदवारी दिएका भएपनि चुनावमा सत्तारुढ दल नेपाली काँग्रेस,नेकपा एमाले र नेकपा एकिकृत समाजवादीका उम्मेदवार बनेका हुन् ।
उम्मेदवारी मनोनयन गरेकी नेकपा माओवादी केन्द्रकी राजु वि.क र राप्रपाकी सुनादेवी थापा भोटेले उम्मेदवारी फिर्ता लिनु भएको थियो ।
सत्तारुढ दल नेपाली काँग्रेसकी पुल्तीसरा शाही,नेकपा एमालेकी सुलोचना कुमारी भण्डारी र नेकपा एकिकृत समाजवादीकी जवा शाही बीच प्रतिष्पर्धा भएको छ ।