November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१

बाजुराको कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव

  • सेती कर्णाली खबर
  • शनिबार, कार्तिक २४, २०८१ 0४:२६
बाजुराको कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव

सेतीकर्णाली खबर
उमेश जङ्ग शाही २४ कार्तिक
बाजुरा / जिल्लाको बुढिनन्दा नगरपालिका वडा  नम्बर १  स्थित  कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव भएको छ।
चार, पाँच दिनको फरकमा एक दुइ घन्टा खानेपानी आउने गरेको हुँदा अस्पतालका ट्याङकि नभरिने भएकाले पर्याप्त रुपमा पानी प्रयोग गर्न नपाउने गरेको कोल्टी अस्पतालले जनाएको छ।
कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको कमी भएको छ। यो निकै चिन्ताजनक विषय हो। अस्पतालहरूमा यी सुविधाहरूको अभाव स्वास्थ्य सेवाको गुणस्तर र बिरामीहरूको उपचारमा महत्वपूर्ण असर पुर्याएको छ। यस्ता समस्याहरूलाई समाधान गर्न स्थानीय प्रशासन, स्वास्थ्य विभाग, र अन्य सम्बद्ध निकायहरूले चाँडो कदम चाल्नु आवश्यक छ।
कोल्टी अस्पतालमा खानेपानीको अभावले गम्भीर समस्याहरू सिर्जना हुने गरेका छन। जसले अस्पतालको कार्यक्षमता र बिरामीहरूको उपचारमा ठूलो असर पारिरहेको छ।
कोल्टी अस्पतालमा खानेपानीको अभावले स्वास्थ्य जोखिम निम्त्याउन सहयोग पुग्ने देखिन्छ। पानीको अभावले सफा र सुरक्षित पानी पिउन नसक्दा प्यास मेट्न र व्यक्तिगत सरसफाइ गर्न गाह्रो भइरहेको छ । जसले संक्रामक रोगहरू फैलाउन मद्दत पुर्याउँछ, जस्तै हैजा, टाइफाइड, र डायरिया।
खानेपानीको अभावले उपचार प्रक्रियामा असुविधा भइरहेको सिनियर अहेव सिँङ्ग गिरीले भने अस्पतालमा खानेपानी पर्याप्त नभएको कारण बिरामीको उपचार गर्दा हात सफा गर्न पनि समस्या भएको छ। बिरामीलाई पानी दिइरहनु, औषधि मिक्स गर्नु, र अन्य उपचार प्रक्रियाहरूमा पानीको आवश्यकता पर्छ।
स्वच्छता कायम गर्न असहजता भएको छ। स्वच्छता र सफाई को लागि पानी अत्यन्त महत्त्वपूर्ण छ। पानीको आपूर्ति छैन अस्पतालको वातावरण सफा राख्न गाह्रो भएको छ जसले अस्पतालका विभिन्न क्षेत्रहरूमा गन्दगी र संक्रमण फैलाउन सहयोग गर्छ।
खानेपानीको अभावले सर्जरी र अन्य चिकित्सा प्रक्रियामा समस्या भएको छ। सर्जरी र अन्य चिकित्सा प्रक्रियाहरूको लागि पानीको आवश्यकता हुन्छ। पानीको अभावले सर्जिकल सफाई र हाइजिन कायम गर्न असम्भव बनाएको छ।जसले संक्रमणको सम्भावना बढाउँछ।
खानेपानीको अभावले कर्मचारीहरूको कामकाजी वातावरण प्रभावित भएको छ ।अस्पतालका कर्मचारीहरूको हाइड्रेशन पनि महत्त्वपूर्ण छ। पानीको अभावले स्वास्थ्यकर्मीहरूको पनि हाइड्रेशन कम गर्न सक्छ, जसले उनीहरूको कार्यक्षमता र दक्षतामा असर पार्छ।
खानेपानीको अभावलाई समाधान गर्न तुरुन्त कदम चाल्नु आवश्यक छ, ताकि बिरामीहरूको उपचार र अस्पतालको समग्र कार्यक्षमता प्रभावित नहोस्।

तेस्तै कोल्टी स्वास्थ्य संस्थामा प्राथमिक उपचार सेवा दिने उपकरणको आजकाल अभाव भएको सिनियर अहेव गिरीले सेतीकर्णाली खबरलाई बताए ।
प्राथमिक उपचार सेवा दिने उपकरण नहुँदा आपतकालीन उपचारमा ढिलाइ हुने गरेको अहेब गिरीले बताए प्राथमिक उपचारका लागि आवश्यक उपकरणहरूको अभावले आपतकालीन अवस्थामा ढिलाइ हुन्छ।, जसका कारण बिरामीको अवस्था गम्भिर हुन सक्छ। प्राथमिक उपचारका उपकरणको अभावले आवश्यक परीक्षण र निगरानीका लागि थर्मोमिटर, रक्तचाप माप्ने यन्त्र, अक्सिजन माप्ने यन्त्र (पल्स ओक्सीमिटर), र ECG जस्ता उपकरणहरूको अभावले डाक्टरलाई बिरामीको सही अवस्था मूल्याङ्कन गर्न असमर्थ बनाउँँछ।
चोटपटक र आपतकालीन अवस्थाहरूमा उपचारमा कमी हुने गरेको छ। प्राथमिक उपचारका लागि पञ्जा, ड्रेसिङ, एंटीसेप्टिक आदि आवश्यक सामग्रीको अभावले चोटपटकबाट पीडित बिरामीको सही उपचार गर्न कठिनाइ पैदा हुने गरेको गिरिले बताए ।
कोल्टी अस्पतालमा अक्सिजनको पनि अभाव भएको छ ।अक्सिजनको अभावले श्वासप्रश्वास समस्या भएका बिरामीको उपचार गर्न समस्या भएको छ। चिसो मौसम लागे संगै दम र निमोनियाका बिरामी बढ्ने भएकाले जति सक्दो चाँडो अक्सिजनको व्यवस्थापन गर्नु पर्ने देखिन्छ । जसले प्राणघातक अवस्थामा पुर्याउन सक्छ।
यी सबै समस्याले स्वास्थ्य सेवा प्रभावकारी तरिकामा दिनु असम्भव बनाउछ। यस समस्यालाई समाधान गर्न स्थानिय प्रशासन र स्वास्थ्य विभागलाई सुधारका लागि तुरुन्त कदम चाल्न आवश्यक छ।
बाजुराको कोल्टी क्षेत्रका चारवटा स्थानिय तह स्वामिकार्तिक खापर गाउँपालिका, हिमाली गाउपालिका, जगन्नाथ गाउपालिका ,बुढिनन्दा नगर पालिका लगायत मुगु र हुम्लाका बिरामीले यस कोल्टी अस्पतालबाट उपचार सेवा लिने गरेको हुँदा औषधीको अभाव हुने गरेको फर्मासिस्ट प्रेम नेपालीले बताए । जिल्ला स्वास्थ्य कार्यालयबाजुराले नौवटा स्थानीयलाई बराबर औषधि बितरण गर्ने गरेको हुँदा अरु स्थानिय तहमा बिरामी कम हुने औषधि धेरै हुने सम्भावना र कोल्टी अस्पतालमा बिरामी धेरै हुने भएकाले औषधि नपुग्ने भएको हुँदा जिल्ला स्वास्थ्य कार्यालयले कोल्टी अस्पताल लाई औषधि पर्याप्त मात्रामा उपलब्ध गराए अति दुर्गमका बिरामीलाई राहत हुने नेपालीले बताए ।

 

  • सेती कर्णाली खबर
  • -