October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्थानीय विपद, जलवायु उत्थानशिल योजना निर्माण अभिमुखिकरण कार्याशाला

  • सेती कर्णाली खबर
  • सोमवार, चैत्र १९, २०८० 0९:५0
स्थानीय विपद, जलवायु उत्थानशिल योजना निर्माण अभिमुखिकरण कार्याशाला

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकामा स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण अभिमुखिकरण कार्याशाला गरिएको छ।

हिमाली गाउँपालिका सभा हलमा पालिका स्तरीय विपद व्यवस्थापन समिति सक्रियतामा चैत १९ गते सोमबार दिनमा स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण अभिमुखिकरण कार्याशाला गरिएको छ। हिमाली गाउँपालिका स्थानीय विपद व्यवस्थापन समिति आयोजना र आइ.एन.एफ. नेपाल शाखा बाजुरा प्राविधिक सहयोगमा गोष्ठी गरिएको छ।

विपद पुर्वका लागि पुर्व सुचना प्रणाली संगै पुर्व तयारी गर्ने तथा रोकथाम गर्ने काम कसरी गरिन्छ भन्ने विषय छलफल गरिएको छ। दीगो विकास लक्ष्य विपद र जलवायुजन्य जोखिम न्यूनीकरण गर्ने मुख्य स्थानीय तहको भुमिका रहने बताएका छन। विपद जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन २०७४ अनुसार गाउँपालिका तथा वडा स्तरीय बनाउने हो भने यसले थप विपदमा प्रभावकारी हुने गर्छ।

स्थानीय विपद व्यवस्थापन योजना तर्जुमा गरि कार्यनयन गर्ने, स्थानीय तहमा विपद व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने लगाउने, भवन आचार संहिताको पालना गर्ने, वडा स्तरीय विपद पूर्वतयारी तथा प्रतिकार समिति गठन गर्ने लगायत कार्यनयन पक्षमा छलफल गरेका छन। विपद उत्थानशील पालिका मापदण्ड नितिगत अभिलेखहरु आर्थिक, भौतिक र मानवीय तथा संगठनात्मक गर्ने जरुरी रहेकोे बताएको छन।

विपद उत्थानशील पालिका मापदण्ड अनुसार ८ वटा कार्यमा महत्त्वपूर्ण रहने भएको छ। यसको बारेमा योजना निर्माण उद्देश्य सहित रहनुपर्छ। हिमाली गाउँपालिका सातै वडा भरी रहेका विपद घटना विशेषगरी बाढी, पहिरो आगलागी भुकम्प हिमपात सडक दुर्घटना जनावर आतंक खडेरी जस्ता खालको विपद रूपमा लिने गरिन्छ। विपद पर्दा खुल्ला आकाश तथा सार्वजनिक स्थल निश्चित ठाउँ तोकिएको भए जोखिम बाट मुक्त हुने सम्भावना रहने भएको छ।

गाउँपालिका विपदमा गर्ने कामहरु अहिलेसम्म निरन्तर गरिएको छ। विपद चाहिने सामाग्री वडा कार्यालय तथा प्रहरी चौकीलाई दिइरहेको छौ। अझ थप प्रभावकारी बनाउन तत्काल घटना घटने चाहिने सामाग्री पालिका संग आइ.एन.एफ. नेपाल बाजुरा संस्थाले समन्वय गरि सामान उपलब्ध गरायो भने राम्रो काम हुने भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत देवराज संजालले बताएका छन।

विपद कतिखेर हुन्छ थाहा हुदैन। यसले गर्दा विपद हुन हुने जोखिम बाट बच्नका लागि पुर्वतयारी हुनुपर्छ। विपद बच्न हामी सबैको उत्तिकै जिम्मेवारी रहेकोे छ। भौगोलिक विकट कारणले विभिन्न समस्या रहेकोे छ। यसलाई सफल पार्ने हामी स्थानीय सरकार लागिपरेका हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताएका छन। विपद आउनु भन्दा पहिलै तयारी हुनका लागि सबैलाई ध्यान दिनुपर्ने रहेकोे छ।

उक्त अभिमुखिकरण कार्यक्रम हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की अध्यक्षतामा पालिका स्तरीय विपद व्यवस्थापन समिति डि.आर.आर. कसल्टेन्सी करुणा बिधि भट्टराई र देवि प्रसाद व्यकुरेल हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवराज संजाल वडा अध्यक्ष बिधालय प्रधानाध्यापक पालिका कर्मचारी सहित आइ.एन.एफ. नेपाल शाखा कर्मचारी सहित उपस्थितिमा रहेर कार्यक्रम गरिएको छ। यसको कार्यक्रम संचालक गणेश खटिकले गर्नु भएको छ।

  • सेती कर्णाली खबर
  • -