October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

त्रिवेणी नगरपालिकाद्वारा राजश्व सुधार योजना निर्माणका लागि सुचना संकलन

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन २२, २०८० 0६:१५
त्रिवेणी नगरपालिकाद्वारा राजश्व सुधार योजना निर्माणका लागि सुचना संकलन

त्रिवेणी नगरपालिकामा राजश्व सुधार योजना निमार्ण सम्वन्धी वडा स्तरिय सुचना संकलन गोष्ठी सम्पन्न भएको छ । त्रिवेणी नगरपालिकाको आयोजना तथा सदुरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान डोटीको प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । त्रिवेणी नगरपालिकाको विभिन्न प्रकृतिको रावश्व संकलनलाई कसरी सुधार र ब्यवस्थीत गर्न सकिन्छ भन्ने वारेमा सरोकारवाला निकाय संग छलफल भएको जनाईएको छ ।

नगरपालिका र पालिका भित्र सञ्चालित होटल, पसल लगायत विभिन्न ब्यवसाय तथा उद्योगबाट संकलन हुने राजश्वलाई पारदर्शिता बनाउने वारेमा राजनितिक दल, शाखा प्रमुख, टोल ब्यवसाय, टोल विकाश समिति, ब्यापारी र उद्योगी  विच छलफल भएको छ । गोष्ठीमा राजश्व सम्वन्धी हालको अवस्था वडा भित्र रहेका करका प्रमुख सम्भावना तथा यसको दायराको पहिचान र सो सम्वन्धी छलफल गर्दै सुझाव संकलन गर्ने काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

त्रिवेणी नगरपालिकाका कार्यवाहाक नगर प्रमुख जुद्ध अयडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योजना शाखा प्रमुख अर्जुन रोकाया, राजश्व शाखाका कर्मचारी नशेश थापा लगायत राजनितिककर्मी र विभिन्न पेशा ब्यवसायमा आवद्ध ब्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रममा सदुरपश्चिम प्रदेशको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान डोटीका विज्ञ देवेन्द प्रसाद गुरुङ्गले सहजीकरण   गरेका छन् ।

  • सेती कर्णाली खबर
  • -