January 19, 2025 | आइतवार, माघ ६, २०८१

भुमिहिनलाई राष्ट्रिय भुमि आयोग बाजुराले गर्यो निस्सा बितरण

  • सेती कर्णाली खबर
  • सोमवार, कार्तिक २०, २०८० १४:४१
भुमिहिनलाई राष्ट्रिय भुमि आयोग बाजुराले गर्यो निस्सा बितरण

बाजुरा- राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले आजबाट बाजुरामा भूमिहिनलाई निस्सा वितरण सुरु भएको छ ।

आयोगले आज पहिलो दिन स्वामिकार्तिक खापर गाउँपालिका–३ का भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ ।राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराका अध्यक्ष जनक रोकायाका अनुसार स्वामिकार्तिक–३ जुकोटका ३८ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो। अव्यवस्थित बसोबास गरीरहेका २५ जना भुमिहिन दलित २ र भुमिहिन सुकुम्बासी १ गरी ३८ जनालाई निस्सा वितरण गरीएको हो । आयोगले अव तिहार लगत्तै अन्य पालिकामा समेत निस्सा वितरणलाई निरन्तरता दिने जनाएको छ ।

निस्सा वितरण गर्दै नेपाली कांग्रेसका बाजुराका सचिव तथा स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले नेपाली भूमिमाथि सबै नेपालीको अधिकार रहेको बताउनुभयो । कसैको विबादित नहुनेगरी आफ्नो जग्गा उपभोग गर्न लालपूर्जा नपाउन्जेलसम्म निस्सा सुरक्षित राख्न समेत अनुरोध गर्नुभयो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति विज्ञ सदस्य निमेन्द्र शाहीले आयोगले सक्रियताका साथ काम गरिरहेको उल्लेख गर्दै पहिले सुकुम्बासी पहिचान गर्ने र प्रमाणित भएपछि स्थानीय तहले उपलब्ध गराएको स्थानमा जग्गाधनी पुर्जा वितरण गरिने बताउनु भयो ।

स्वामिकार्तिक खापर गाउँपालिका–३ का अध्यक्ष प्रेम बहादुर कटेलको अध्यक्षतामा संचालन भएको निस्सा वितरण कार्यक्रममा प्रमुख अतिति स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया रहनुभएको थियो ।कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराका अध्यक्ष जनक रोकाया, राष्ट्रिय भूमि आयोग जिल्ला समिति विज्ञ सदस्य निमेन्द्र शाही, राष्ट्रिय भूमि आयोग जिल्ला समिति सदस्य सचिव दिनेश विश्वकर्मा, ढिभिजन बन कार्यालय बाजुराका प्रमुख भोजराज पाठक लगाएत बिशिष्ठ अतिथि रहनु भएको थियो ।

  • सेती कर्णाली खबर
  • -