January 29, 2025 | बुधबार, माघ १६, २०८१

भूकम्प पीडितलाई प्रदान गर्न सरकारी कोषमा ५० लाख दिने कांग्रेसको घोषणा

  • सेती कर्णाली खबर
  • शनिबार, कार्तिक १८, २०८० 0५:५९
भूकम्प पीडितलाई प्रदान गर्न सरकारी कोषमा ५० लाख दिने कांग्रेसको घोषणा

काठमाडौं- नेपाली कांग्रेसले भूकम्प प्रभावितलाई प्रदान गर्न सरकारी कोषमा पचास लाख दिने घोषणा गरेको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा नेपाली कांग्रेसका तर्फबाटपचास लाख दिने घोषणा गरेको जानकारी दिए।

जारी विज्ञप्तिमा भनिएको छ, ‘जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११स्४७ मा गएको ६।४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम ९पश्चिम० लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको छ । यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ(संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न नेपाली कांग्रेस सबैमा अपील गर्दछ ।’

स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गरेको छ।

  • सेती कर्णाली खबर
  • -