बझाङ भूकम्पका प्रभावितलाई उद्धार र राहत उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माग गरेको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै रास्वपा सचेतक निशा डाँगीले बझाङ भूकम्प प्रभावितको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।
बझाङमा मंगलबार दिउँसो २ पटक भूकम्प गएको थियो। भूकम्पबाट केही घर तथा विद्यालयमा क्षति पुगेको छ भने जयपृथ्वी राजमार्ग पनि अवरूद्ध भएको छ।