June 25, 2026 | बिहिबार, असार ११, २०८३

भूकम्पपछि व्यथा लागेकी गर्भवतीलाई अस्पताल बाहिर ल्‍याएर सुत्केरी गराइयो

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज १६, २०८० ११:२0
भूकम्पपछि व्यथा लागेकी गर्भवतीलाई अस्पताल बाहिर ल्‍याएर सुत्केरी गराइयो

बझाङ —बझाङमा लगातार भूकम्पपछि एक जना व्यथा लागेकी गर्भवती महिलालाई बाहिर ल्याएर सुत्केरी गराइएको छ।

व्यथा लागेपछि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी महिलालाई अस्पताल बाहिर ल्याएर सुत्केरी गराइएको हो। भूकम्पछि अस्पतालभित्र असहज भएपछि उनलाई बाहिर ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ।

बझाङका धेरै जसो क्षेत्रमा भूकम्पका कारण भौतिक संरचनामा क्षति भएको छ। २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

  • सेती कर्णाली खबर
  • -