October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढीनन्दाद्वारा मन्दिरमा गर्यो पर्यटन प्रवर्द्धनका लागि ३ वटा निर्णय

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ १५, २०८० 0५:२२
बुढीनन्दाद्वारा मन्दिरमा गर्यो पर्यटन  प्रवर्द्धनका लागि ३ वटा निर्णय

सेतीकर्णाली खबर, बाजुरा/बुढिनन्दा नगरपालिकाले बुढिनन्दा मन्दिरमा पुगेर पर्यटन  प्रबर्द्धनका लाद ३ वटा निर्णय गरेको छ। हिन्दुधर्मावलम्वीहरुको एक    धार्मिक आस्थाको धरोहर  बाजुराको बुढिनन्दा धार्मिक स्थल हो।

यस बुढिनन्दा धार्मिक स्थलको   पर्यटन  प्रवर्द्धनका लागि बुढीनन्दा नगरपालिकाले १९ ओैं बैठकको आयोजना बुढीनन्द मन्दिरमा  सम्पन्न गरेको छ।

सुदुरपश्चिमको सबै भन्दै उचाइमा रहेको बुढीनन्दा मन्दिरको संरक्षण गर्ने उद्धेश्यले बुढीनन्दामा २०८० भाद्र १३ गते आयोजना गरिएको नगरपालिकाले १९ ओैं बैठककाे आयोजना गरेका थियो ।बुढीनन्दा नगरपालिका नगरप्रमुख जनक कुमार बोहराले बताए ।बोहोराले भने १९ ओैं बैठकले  बुढीनन्दा संरक्षणका लागि महत्त्वपूर्ण निर्णयहरु गरेको बताए ।

निर्णयहरू :

१..बुढीनन्दा क्षेत्र लगाएत बुढीनन्दा नगरपालिकाकाे सम्पुर्ण क्षेत्रकाे पर्यटन प्रवर्द्धन र विकास गर्न नगर प्रवक्ता जंगवीर राेकायाकाे नेतृत्वमा बुढीनन्दा पर्यटन विकास समिति गठन ।

२..प्रत्येक बर्ष पालिका बाट बुढीनन्दा माताकाे पुजा गर्न नगर सरकारकाे टाेलि खटाउने र जनैपूर्णिमाकाे अघिल्लो दिन अर्थात चतुर्दशीमा बुढीनन्दाकाे पुजाकाे अबसरमा नगरपालिकामा सार्बजनिक विदा दिने ।

३)केही बर्ष यता बुढीन्दा पर्यटकीय तथा धार्मिक क्षेत्रकाे अध्ययन अनुसन्धान तथा पर्यटन प्रवर्द्धन गर्न महत्त्वपूर्ण याेगदान गर्ने बडीमालिका नगरपालिका ८ मार्तडीका मनाेज रेग्मीलाई सम्मानार्थ पर्यटन दुत घाेषणा ।

  • सेती कर्णाली खबर
  • -