October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कालोबजारी नियन्त्रकाे माग गर्दै प्रमुख जिल्ला अधिकारी लाई अनेरास्ववियुले ज्ञापन पत्र बुझायाे

  • सेती कर्णाली खबर
  • बुधबार, साउन २४, २०८० १५:४९
कालोबजारी नियन्त्रकाे माग गर्दै  प्रमुख जिल्ला अधिकारी लाई अनेरास्ववियुले ज्ञापन पत्र बुझायाे

देबराज पाध्याय
श्राबण २४बाजुरा
बाजुरामा दैनिक उपभोग्य वस्तुमा कालोबजारी माैलायकाे भन्दै यसलाई नियन्त्रण गर्न अनेरास्ववियु बाजुराले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र मार्फत माग गरेको छ ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल थापा भोटेको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालाई बजारमा कालोबजारी नियन्त्रणमा ध्यान जावस् भनी ज्ञापन पत्र बुझायका छन् ।
अनेरास्ववियु बाजुराले प्र जि अ लाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ कि अहिलेकाे प्रचण्ड नेतृत्वको सरकारले आम जनताको गास, बास र कपास जस्ता आधारभूत आवश्यकताहरु परिपुर्ति गर्नुको सट्टा सरकार आफै भष्ट्रचारमा सम्मिलित भएको आरोप छ ।
बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजार क्षेत्रका व्यापारीहरुको मनोमानि रुपमा सामानकाे मूल्य लिनेहुनाले साे मार जनसमुदायमा पर्न गएको असरप्रति अनेरास्ववियु ले घोर बिरोध गर्दछ ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
तत्काल बजारको अनुगमन गरेर मुल्य बृद्धी र दरभाउ कायम गराउने, बजारमा बिक्रि भैरहेको दैनिक उपभोग्य सामानहरुको दरभाउ सुचना पाटी टाँस गर्नुपर्ने ज्ञापन पत्रमा अनेरास्ववियुले भनेको छ ।
समय समयमा जिम्मेवार निकायहरुले बजार अनुगमन गर्नु पर्ने भएपनि सरोकारवाला निकायहरु बजार अनुगमनमा गैर जिम्मेवार देखियकाे अनेरास्ववियुले आरोप लगाएको छ ।
जिल्ला भरिका एसईई पुरक परिक्षाको पूर्व तयारीका लागि सदरमुकाम मार्तडीमा जिल्लाका नाै वटै स्थानीयतहका बिद्यार्थीहरु उारी कक्षा अध्ययनका लागि सदरमुकाम मार्तडी आइरहेका छन् । बजारमा अहिले सामान काे कमि हुने हुनाले कालाे बजारि हुने सम्भाबना बढी हुने भएकाे छ ।
मार्तडीमा आजभाेली बिद्यार्थीहरुको बढ्दो चाप भयकाले उडिताेलामा सडक भासियकाेले बाहननामा बजारमा भएकाे सामान साउ हरुले लुकाउने गरेर पछी महंगाेमा बेच्ने गरेकाे समेत बतायकाे छ ।बजारमा डेट गएका सामान हरु समेत बिक्री हुने गरेकाे समेत बताएकाे छ ।

  1. बजुरेली जनतालाई कालाे बजारी बाट बचाउने हेतुले आफुले प्रशासनकाे ध्यानकर्षण गरेकाे अनेरास्ववियुका प्रचार प्रसार विभाग प्रमुख प्रकाश खड्काले बताएका छन् ।
    जारमा कालोबजारी, मुल्य बृद्धी र शान्ति सुरक्षा
    समेत कायम राख्नुपर्ने अनेरास्ववियु जिल्ला कमिटी बाजुराले जोडदारका साथ ज्ञापन पत्रमा उल्लेख गरिएकाे छ ।
  • सेती कर्णाली खबर
  • -