September 14, 2025 | आइतवार, भदौ २९, २०८२

फलफूल बगैंचा व्यवस्थापन तथा काटछाँट सम्बन्धी तालिम सम्पन्न

  • सेती कर्णाली खबर
  • आइतवार, माघ २२, २०७९ १५:२५
फलफूल बगैंचा व्यवस्थापन तथा काटछाँट सम्बन्धी तालिम सम्पन्न

बाजुरा-  हिमाली गाउँपालिकामा फलफूल बगैंचा व्यवस्थापन तथा काटछाँट सम्बन्धी एक दिने अभिमुखिकरण तालीम सम्पन्न गरिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर १ को बामु, टिन, देउसिन, नेटा वडा नम्बर २ को रुम्दी, कोट, कोटिगाउँ, नातिखोला, वडा नम्बर ३ युना, बौडी, गुम्बा लगायत टोल टोलमा गएर स्थानीय कृषकहरुलाई फलफूल सम्बन्धित काटछाट अभिमुखिकरण तालीम दिइएको छ। हिमाली गाउँपालिका कृषि बिकास शाखा कार्यालयको आयोजनामा पालिकाको कर्मचारी कृषि विज्ञ पुजन थापा ना.प्र.स. अनन्त पाण्डे, नवराज पण्डित, कमला वि.क. सहित प्रशिक्षक  रहेकोे कृषि बिकास शाखाका ना.प्र.स. अनन्त पाण्डेले बताएका छन।

वडामा लगाएको खाद्य सुरक्षा लागि वृक्षारोपण कार्यक्रम बाट स्याउ र ओखर जस्ता हिउँदे फलफूल बगैंचा व्यवस्थापन तथा काटछाट सम्बन्धि एक दिने अभिमुखिकरण तालीमको आयोजना  गरिएको हो । लगाएको बोटबिरुवा लाई राम्रोसँग फलाउन तथा संरक्षण गर्नको लागि स्थानीय नागरिक हरुलाई तालिम संचालन गरिएको छ। गाउँ गाउँमा वृक्षारोपण सम्बन्धि कृषि ज्ञान तथा सिप आधारभुत तालिम वडाको टोल टोलमा गएर बिरुवा काटछाट सम्बन्धि एक दिने अभिमुखिकरण तालिम दिइएको हो ।

गाउँमा एक बोट स्याउ तथा ओखर रोप्ने ५ केजी चामल दिने गरिएको छ। वर्षको वर्ष हिसाबले ५ वर्ष सम्म बोट जोगाउने घरपरिवारलाई चामल बोट बचाए अनुसार खाद्य वितरण गरिएको छ। बोट बिरुवालाई हुर्काउन र फलाउन हिउँदे फलफूल बगैंचा व्यवस्थापन तथा काटछाट सम्बन्धि एक दिने अभिमुखिकरण गरिएको कृषि बिकास शाखा प्रमुख टोप बहादुर शाहीले बताए।

बिच्छ्या गाविस हाल हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ को टोल टोलमा ३५/३५  जनाको समुहगत रुपमा सहभागिहरुलाई तालीम दिइको स्याउ खेती बगैँचामा गएर तालिम सहभागिहरुलाई प्रयोगात्मक रूपमा बोट विरुवा काटछाट सम्बन्धि एक दिने अभिमुखिकरण तालीम सम्पन्न भएको हिमाली गाउँपालिकाले जनाएको छ।।

  • सेती कर्णाली खबर
  • -