September 14, 2025 | आइतवार, भदौ २९, २०८२

साँफे मार्तडी सडक खण्डका छेउछाउमा थुपारिएको माटो २ दिन भित्र हटाउन प्रजिअ‍‍. खड्काकाे निर्देशन

  • सेती कर्णाली खबर
  • सोमवार, पुस २५, २०७९ १८:५१
साँफे मार्तडी सडक खण्डका छेउछाउमा थुपारिएको माटो २ दिन भित्र हटाउन प्रजिअ‍‍. खड्काकाे  निर्देशन

पुस २६ बाजुरा-  साँफे-मार्तडी सडक खण्डको छेउछाउमा थुपारिको माटो २ दिन भित्र हटाउन प्रमुख जिल्ला अधिकारी पुष्कर खडकाले निर्देशन  दिएका छन। सोमबार राजमार्ग अवराेध हटाउने समन्वय समितिकाे बैठक बाेलाइ तत्काल राजमार्ग आसपासका थुपारेकाे माटाे लगाएतका अन्य सामाग्री हटाउन निर्देशन गरेकाे प्रमुख जिल्ल्ला अधिकारी खडकाले बताए ।

सदरमुकाम मार्तडी नजिकै पक्की सडकमा माटो थुपार्ने, घर टहरा बनाउने, बङगुर खोर बनाउने, फोहोर वस्तुहरु फाल्ने जस्ता कार्यहरु भएकोले २ दिन भित्र हटाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।

साँफे मार्तडी सडक खण्डका खाल्डा खुल्डी पुर्ने, मार्तडी कोल्टी सडक खण्डमा काम गर्न निर्माण व्यवसायीलाई यथासिघ्र काम गर्न निर्देशन दिने लगायतका निणर्य गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

मार्तडी कोल्टी सडकको चुथी देखी ढम्कने सम्मको जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगरेकोले तत्काल काम गर्न निर्देशन दिने निणर्य समेत गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • -