November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१

नगरपालिका द्वारा १४ विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट डिभाइस बितरण

  • सेती कर्णाली खबर
  • आइतवार, असार १९, २०७९ १३:४२
नगरपालिका द्वारा १४ विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट डिभाइस बितरण

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाले नगरपालिका भित्र रहेको १४ ओटा ईन्टरनेट डिभाईस ब्रोडव्याण्ड बितरण गरेको छ । आधारभुत बिद्यालयलाई लक्षित गर्दै एक कार्यक्रममा बिच ब्रोडब्याण्ड डिभाईस बितरण गरेको हो ।
नगरपालिका भित्र रहेका आधारभुत तहका बिद्यालयहरुमा कार्यसम्पादनमा तथा सेवा प्रबाहमा कठिनाई नहोस भन्ने उदेस्यका साथ ब्रोडब्याण्ड डिभाईस बितरण गरेको बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले बताएका छन । बडिमालिका नगरपालिकाको समन्वय तथा नेपाल दुरसंचार प्राधिकरणको समन्वयमा डिभाईसहरु बितरण गरीएको नगर प्रमुख खड्काले बताएका छन
फोर जि मा आधारीत ब्रोडब्याण्ड इन्टरनेट डिभाईसमा रिर्चाज हालेर प्रयोग गर्न मिल्ने भएकोले त्यसका लागि २ बर्ष सम्म । नेपाल दुर संचार प्राधिकरणको ग्रामिण दुरसंचार कोषको प्रयोगबाट सो डिभाईस चलाउन मिल्ने बडिमालिका नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रंगमल बिकले बताएका छन ।

No description available.
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बडिमालिका नगरपालिकाका नगर प्रमुख खड्काले सो डिभाईसको सहि सदुपयोग गर्न निर्देशन गरेका छन । गाउँमा इन्टरनेट नचल्लने अबस्थामा यो डिभाईसले गर्दा सेवा प्रबाहमा सहयोग पुग्ने बताएका छन ।

अब धेरै कामहरु ईमेल इन्टरनेटबाटै हुने भएकोले कागजको भारलाई कम गर्नुका साथै बाल शिक्षण सिकाईमा समेत यो डिभाइसले गर्दा सहज हुने नगर प्रमुख खड्काले बताए ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन शिक्षा तथा खेलकुद शाखाका प्रमुख रंगमल विकले गरेका थिए ।

कार्यक्रममा बिषिष्ठ अतिथि बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापा रहेकी थिइन । कार्यक्रममा १४ ओटा बिद्यालय शिक्षकहरु र नेपाल दुर संचार प्राधिकरणका प्राबिधीक पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

  • सेती कर्णाली खबर
  • -