काठमाडाैं । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतका प्रतिनिधि मण्डलबीच द्विपक्षीय बैठक शुरू भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको एकल वार्ता सकिएलगत्तै दुई देशका प्रतिनिधिबीच हैदरबाद हाउसमा भेटवार्ता भएको जारी रहेकाे बताइएकाे छ ।
बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गर्नुभएकाे छ ।