September 13, 2025 | शनिबार, भदौ २८, २०८२

कर्णाली नदिमा डुबेर १४ वर्षिय बालक भए बेपत्ता

  • सेती कर्णाली खबर
  • बुधबार, माघ १९, २०७८ 0१:२६
कर्णाली नदिमा डुबेर १४ वर्षिय बालक भए बेपत्ता

दान बहादुर धामी बाजुरा, माघ १९ कर्णाली नदिमा माछालाई पासा थाप्ने क्रममा पानिमा डुबेर एक बालक बेपत्ता भएका छन।
स्वामिकार्तिक खापर गा पा वडा नं 1 रुडि बस्ने दिप बहादुर बमका छोरा १४बर्षिय बालक जोसिल कुमार बम, हिजो बेलुका 5: 30 बजे तिर जगन्नाथ गाउपालिका वडा नम्बर ३ जुड्डि नजिकै कर्णाली नदिकिनारमा माछा मार्नको लागि पासा थाप्ने क्रममा ढुंगा (लोडा)बाट चिप्लिएर पानिमा डुबि बेपत्ता भएका हुन ।बालक बम श्री रुपाली आधारभुत बिधालय माझपाटामा कक्षा ८ मा अध्यानरत थिए । बालक बमको स्थानिय र नेपाल प्रहरीले खोजि गरिरहेको अस्थायी प्रहरी चौकि जुड्डीका प्रहरी नायब निर्णक्षक बिरसिङ ठगुन्नाले जानकारी दिनु भएको छ।

  • सेती कर्णाली खबर
  • -