October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

खत्याड गाउँपालिकामा नगर प्रहरी ( गाउँपालिका प्रहरी)को नतिजा प्रकाशन

  • सेती कर्णाली खबर
  • बिहिबार, असार २०, २०८१ १५:५0
खत्याड गाउँपालिकामा नगर प्रहरी ( गाउँपालिका प्रहरी)को नतिजा प्रकाशन

उमेश जङ्ग शाही- सेतीकर्णाली खबर

२० श्रावण मुगु – खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी)को आज नतिजा सार्वजनिक गरेको छ।
खत्याड गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२को लागि २०८१ जेठ २१ गते खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी) का लागि दर्खास्त आह्वान गर्दै सुचना प्रकाशन गरेको थियो

गाउँपालिका भित्रका स्थानिय ४५ जना महिला र पुरुषहरु खुला प्रतियोगितात्मक परिक्षामा सहभागी भएर साउन ११ गते शारीरिक तन्दुरुस्ती परिक्षण , १५ गते लिखित र २० गते अन्तर्वार्ता भएको स्थानिय किसोर शाहीले बताए ।
करार सेवामा खुल्ला प्रतियोगितात्मक परिक्षाको माध्यमबाट छनोट भएका नगर प्रहरी हवल्दार पदमा जगत बहादुर डाँगर , नगर प्रहरी जवान (महिला) झुपुल्ली बानियाँ र नगर प्रहरी जवानहरु धनेन्द्र बिमल शाही, एकराज थापा र दान बहादुर शाही शारीरिक तन्दुरुस्ती परिक्षण , लिखित र अन्तर्वार्तामा उतिर्ण भएका र वैकल्पिक उम्मेद्वारहरुको नतिजा आज प्रकाशन भएको खत्याड गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेब कार्किले सेतीकर्णाली खबर लाई बताए ।

बिपद ब्यबस्थापन ,शान्ति सुरक्षा , बजार व्यवस्थापन ,नदिजन्य बस्तुहरुको अबैध ओसारपसार रोक्ने ,पालिका भित्रका मेला जात्रा र महोत्सवमा सुरक्षा नगर प्रहरी( गाउँ प्रहरी) हरुले दिने बताइएको छ।
नेपालको कानुन ऐन अनुशार कार्यविधि पास गरेर नगर प्रहरीकोआवश्यकता पुर्ति गरेको गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको भनाइ रहेको छ।
भदौ १ गते नियुक्ति गरिने र २ महिना नगर प्रहरीको तालिम हुने खत्याड गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -