October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामीकार्तिकका अभिभावक बिहिन बालबालिकालाई आर्थिक सहयोग

  • सेती कर्णाली खबर
  • सोमवार, असार १७, २०८१ 00:३५
स्वामीकार्तिकका अभिभावक बिहिन बालबालिकालाई आर्थिक सहयोग

सेतीकर्णाली खबर बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका भित्र रहेका अभिभावक बिहिन बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ।

असार १६ गते सोमबार दिन एन औपचारिक कार्यक्रम बिचमा सामाजिक विकास कार्यक्रम मार्तडी बाजुराको आर्थिक वर्ष २०८०/०८१को वार्षिक कार्यक्रम अनुसार अभिभावक बिहिन भएका बालबालिकाहरुका लागि वैकल्पिक हेरचाह कार्यक्रम बाल बालिकाहरुलाई नगद एक जनालाई ६ हजारका दरले आर्थिक सहयोग वितरण गरिएको छ। स्वामीकार्तिक खापर गाउँपालिका भित्र रहेका बाबु आमा नभएका र बाबु अथवा आमा गुमाएका टुहुरा बालबालिकाहरुलाई आर्थिक सहयोग वितरण गरिएको छ। जम्मा १ लाख ६८ हजार रुपैयाँ स्वामीकार्तिक बालबालिकालाई सहयोग गरिएको सामाजिक विकास कार्यालय मार्तडी प्रशासन सहायक गणेश चौधरीले बताएका छन।

स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले टुहुरा र असहाय विपन्न वर्गका बालबालिकालाई नगद सहित हस्तान्तरण गरेका छन। बालबालिका पढाई उत्तरोत्तर प्रगति कामना गर्दै शुभकामना सहित दिएका छन। बालबालिका सानो सहयोगले भबिस्यलाई साथ सहयोग रहने भएको छ। सहयोग गर्ने सामाजिक विकास कार्यालय मार्तडी बाजुरालाई धन्यवाद दिएका छन। सामाजिक विकास कार्यालय मार्तडी बाजुरा द्रारा यश स्वामीकार्तिक खापर गाउँपालिका रहेका अभिभावक बिहिन बालबालिकाहरुका लागि वैकल्पिक हेरचाह कार्यक्रम भनेर सहयोग गरिएको छ।

स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको हो। सोही कार्यक्रममा अतिथि वडा नम्बर १ का वडा अध्यक्ष अजय कुमार विक, ३ का वडाका अध्यक्ष प्रेम बहादुर कटेल, ४ नम्बर वडाका वडा अध्यक्ष सिंह धामी, न्यायीक समिति संयोजक महेश कटेल र सामाजिक विकास कार्यालय मार्तडी प्रशासन सहायक गणेश चौधरी पत्रकार उमेश जङ्ग शाही सहित उपस्थितिमा अभिभावक बिहिन २८ जना बालबालिकाहरुलाई आर्थिक सहयोग वितरण गरिएको पालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन।

  • सेती कर्णाली खबर
  • -