October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

आई.पि.भी. खोप अभियान हिमालीमा

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ २२, २०८१ ११:३९
आई.पि.भी. खोप अभियान हिमालीमा

सेतीकर्णाली खबर,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकामा पोलियो रोग विरुद्धको आई.पि.भी. खोप अभियान सञ्चालन गरिएको छ।

२०८१ यही जेठ १९ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आई.पि.भी. खोप अभियान पालिका भरीका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिचालन गरि खोप सञ्चालन गरिएको छ। आई. पि. भी. खोप अभियान २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउने गरिरहेको छ।

आई. पि. भी. खोप अभियानमा वडा भित्रका खोप केन्द्र बालबालिकाहरुलाई खोप लगाइने गरेको हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लले बताएका छन। महिला २ सय ५६ जना र पुरुष २ सय ३५ जनाले खोप लगाएका छन। भने गुम्बा पालिका बाट टाढा हुँदा त्यहाँको विवरण आउन बाकी रहेकोे मल्लले बताए। खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकालाई जेठ २६ गतेसम्म बालबालिका लाई पायक पर्ने खोप केन्द्रमा खोप लगाइने भएको छ ।

गाउँपालिका वडा नम्बर ५ रुगिन स्वास्थ्य चौकीमा ७३ जना बालबालिकाहरुले खोप लगाएको छ। खोप भोलि सम्म निरन्तर स्वास्थ्यकर्मी खटिएको रुगिन स्वास्थ्य इन्चार्ज बिमला पाण्डेले बताएका छन। २०७१ साल असोज महिनाबाट सुरु भएको हो। यो खोप विशेषगरी २०७३ बैशाख देखि २०७५ भदौ महिना सम्म खोप छुट्टेका बालबालिकालाई खोप लगाउन निम्ति खोपको मुख्य उद्देश्य रहेकोे छ।

पोलियो संक्रमण रोग घटाउन यो अभियान सुरु गरिएको छ। राष्ट्रिय प्राथमिकता कार्यक्रम द्रोसो बाल्य शिशु दर घटाउने र पोलियो रोगबाट मृत्यु हुने कतिपय बालबालिका पक्षघात बाट बच्नका लागि खोप सञ्चालन गरिएको छ। आज सम्म ५ ६५ जना बालबालिका खोप सेवा पाएका स्वास्थ्य शाखा प्रमुख मल्लले बताएका छन।

  • सेती कर्णाली खबर
  • -