October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

  • सेती कर्णाली खबर
  • बिहिबार, बैशाख २७, २०८१ १४:0४
प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

१५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए का छन्।

तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो ।

भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा समेत रहेका कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका थिए ।

भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुँदा सिंहले ११ हजार ३४६ मत प्राप्त पाएका थिए ।

  • सेती कर्णाली खबर
  • -