October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

असिनापानीले बालीनाली नष्ट ,स्थानियतहमा भोकमरी हुने निश्चित ।

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख २६, २०८१ 0४:१७
असिनापानीले बालीनाली नष्ट ,स्थानियतहमा भोकमरी हुने निश्चित ।

शारदा शाही 

२६बैसाख बाजुरा / जिल्लाको उतरपुर्वी क्षेत्र बुढीनन्दा नगरपालिकामा गए राती परेको अशिना पानीले बालीनालिमा ठुलो क्षति पुर्याएको छ । हिजो बेलुकी करिब पाँच ,छ बजेतिर आएको अशिना पानीले खेतमा पाकेको गहुँ बालीमा क्षति पुर्याएको हो । करिब तिन चार घण्टा सम्म लगातार परेको अशिना पानीले गहुँबालीमा ठुलो क्षेति पुर्‍याएको नगरका प्रबक्ता तथा वडा अध्यक्ष जंगबिर रोकायाले बुढिनन्दा खबरलाई जानकारी दिनुभयो  ।

बुढीनन्दा नगरपालिकाको १ ,२ ,३,७ लगायत अन्य वडामा अशिना पानीले लगाइएको गहुँ,जौ लगायत तरकारीमा ठुलो असर पुर्याएको उहाँले बताउनुभयो  । असिना पानीले पाक्न लागेको गहुँबाली र तरकारी खेती नष्ट पारेपछि  किसान चिन्तित बनेका छन्। मेहनत गरेर खेतमा लगाइएको गहुँ जौ बाली एका एक अशिना पानीले सखाप पार्दा गहुँ जौ बाली उत्पादनमा ह्रास आउँने भन्दै किशानहरु निकै चिन्तित बनेका छन् ।

वर्षभरि खानका लागि लगाइएको गहुँबालीमा क्षति पुगेपछि स्थानिय बासिन्दामा भोकमरीको सम्भावना बढेको छ । असिना पानीले  गहुँ ,जौ,तरकारी र फलफूल खेतमा क्षति पुगेपछि कमाईको स्रोतमा समेत असर पर्ने निश्चित छ । बर्ष भरिको मेहनत गरेर लगाइएको गहुँ,जौ,तरकारी तथा अन्य फलफुल खेतीमा अशिना पानीले सखाप पारेको छ ।

अशिना पानी सगै हावाहुरीले समेत उक्त गहुँ जौ बालीमा ठुलो क्षती पुर्‍याएको रोकायाले बताउनुभयो  । पाक्न लागेको बाली सबै खेतबारिमै  नस्ट भएको छ ।  लामो समयसम्म खडेरी पर्यो गहुँ तर एक्कासी आएको बेमौसमी बर्षा संगै हावाहुरीका कारणले ठूलो क्षती पुर्‍याएको छ ।

अविरल वर्षासँगै आएको ठूलो असिना पानीले बाजुराका अधिकांश ठाउँमा लगाएको हिउँदे बाली गहुँ, जौ, तरकारी, फलफूल नष्ट पारेको छ ।परिश्रम गरेर लगाएको खेती पाक्ने समयमा एक्कासि असिना पानीले सखाप पारेपछि किसानलाई ठुलो चिन्ताको बिषय थपिएको छ । बुढीनन्दा,बडिमालिका,गौमुल लगायत अन्य पालिकामा पनि मंगलबार साँझ अशिना पानी संगै हावाहुरीले लगाइएको खेतबालीमा असर पुर्याएको छ ।

बाजुरा जिल्लामा मौसमि  रोग जस्तै भएको छ ।कहिले बर्षा कहिले खडेरी त कहिले भोकमरी लगाएत समस्याले ग्रसित बाजुरामा कहिल्यै खुशिको आभास छाएन निरासै निरासाको छाहारीमा दिन बिताउन बाध्यतामा छ्न । प्रबक्ता रोकायाका अनुसार बुधबार बिहानबाट उपप्रमुख राम बहादुर बोहराको संयोजकत्वमा नगरपालिका जनप्रतिनिधि कर्मचारी र प्रहरीको टोलि क्षेती ग्रस्त वडातिर गएर क्षतिको विवरण अनुसार राहत उपलब्ध गराउने उहाँले सेतीकर्णाली खबरलाई  जानकारी दिनुभएको छ ।

  • सेती कर्णाली खबर
  • -