October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

दिवा खाजाका लागि वडा स्तरीय दलहन पहिचान कार्यक्रम

  • सेती कर्णाली खबर
  • आइतवार, चैत्र २५, २०८० 0२:१३
दिवा खाजाका लागि वडा स्तरीय दलहन पहिचान कार्यक्रम

उमेश रोकाया,बाजुरा- बिधालय दिवा खाजाका लागि वडा स्तरीय दलहन पहिचान कार्यक्रम सम्पन्न गरिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ६ को वडामा एकीकृत बिधालय दिवा खाजाका लागि वडा स्तरीय दलहन पहिचान कार्यक्रम गरेका छन। बिधालय दिवा खाजाका स्थानीय स्तरमा पाइने हरियो सागपात खुवाउने गरेपनि थप स्थानीय स्तरमा पाइने सबैभन्दा बढी उत्पादन हुने दाल विभिन्न किसिमका उत्पादन गरेको बाली पहिचान गरेर बढी फल्ने सक्ने सम्भावना रहेको दलहन खुवाउनका वडामा कार्यक्रम गरेको छ।

वडा धेरै स्थानीयलाई भेला गरेर दलहनमा बढी स्थानीय रूपमा उत्पदन गरिने सिमी सबैभन्दा बढी पाइने सम्भावना रहेकोे देखिन्छ। सिमी दाल संगै भटमास, गहत र मसुरो दाल पाइने भएको मानिन्छ। दिवा खाजामा बाहिर बाट आउने दाल नल्याई स्थानीय उत्पादन भएको दलहन लाई लिएर आउने शैक्षिकसत्र बाट स्थानीय उत्पादन दाल खुवाउने गरिने भएको हुँदा दलहन पहिचान वडा स्तरीय रूपमा गरेको गिफ्ट बाजुरा लक्ष्मी प्रसाद पाण्डेले बताएका छन।

स्थानीय उत्पादन लाई पहिलो प्राथमिकता दिइएर हरियो सागपत संगै दाल पनि स्थानीय स्तरमा फल्ने कृषकलाई आयोस्रोत बढाउन निम्ति हाम्रो लक्ष्य रहेकोे छ। गाउँका कृषि क्षेत्रमा लगनशील बनाउन संगै उत्पादन क्षेत्रलाई सक्दो प्रयासलाई उर्जा पाइनेछ। जसले उत्पादन गरेको बस्तुले बजार पाएपछि उत्पादनले बिक्रीवितरण भएपछि आमदानी स्रोत बढ्ने हिसाबले बिधालय दिवा खाजा कार्यक्रम संगै स्थानीय उत्पदन दलहन क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ। यहाँका कृषक उत्पादन गरेको सिमि आफ्नै बालबालिका खान पाउने भएका छन।

हप्ता सबैभन्दा बढी पाइने दलहन उत्पादन भएको बस्तु खुवाउने तरिकाले हाम्रो संस्था मुख्य उद्देश रहेकोे छ। त्यसपछि केही दिनका लागि भटमास, गहत र मसुरो दालको रूपमा मिलाएर खुवाउने गरिने भएको पाण्डेले बताएका छन। वडामा विशेषगरी खाद्य पोषण सम्बन्धि जनचेतनामूलक कार्यक्रम साथसाथै गरिएको छ। यसले बिधालय दिवा खाजाका लागि पौष्टिक आहार विद्यार्थीहरु लाई प्रदान गरिने भएको छ।

उक्त कार्यक्रम हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमलाल भण्डारी अध्यक्षतामा बैठक सञ्चालन गरिएको छ। अतिथिमा वडाका जनप्रतिनिधि, बिधालय प्रधानाध्यापक, बिधालय व्यवस्थापन समिति अध्यक्ष समाजसेवी, वृद्धिजिबी महिला बालबालिका बाक्लो उपस्थितिमा बिधालय दिवा खाजाका लागि वडा स्तरीय दलहन पहिचान कार्यक्रम सम्पन्न गरिएको छ।

  • सेती कर्णाली खबर
  • -