October 21, 2024 | सोमवार, कार्तिक ५, २०८१

अध्यक्ष बुढा द्रारा वडा कार्यालय भवन शिलान्यास

  • सेती कर्णाली खबर
  • बुधबार, चैत्र २१, २०८० १२:४८
अध्यक्ष बुढा द्रारा वडा कार्यालय भवन शिलान्यास

उमेश रोकाया,बाजुरा- वडा कार्यालय भवन अध्यक्ष मंगल बुढा द्रारा शिलान्यास गरिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय भवन वडा अध्यक्ष मंगल बुढाले शिलान्यास गरेका छन। अहिले नवनिर्मित वडा कार्यालय भवन बौडी गाउँ नजिकैको ठाउँ चौकामा भवनको शिलान्यास गरिएको वडा अध्यक्ष मंगल बुढाले बताएका छन। वडाका जनप्रतिनिधि र वडा प्राविधिक भिमलाल बिष्ट र स्थानीयहरु सहित सहभागिता भएर भवन निर्माणकार्यका शिलान्यास गर्ने काम बुधबार दिउँसो शिलान्यास गरेका छन।

आर्थिक वर्ष २०८०/०८१ विनियोजन बजेट कुल २५ लाख लागत अनुसार वडा कार्यालय ४ कोढ़ा भवनको शिलान्यास गरिएको छ। यही आर्थिक वर्ष नसकिने हुँदा आउदो आर्थिक वर्ष सम्म बजेट विनियोजन गरेर भवन निर्माण काम सम्पन्न गरिने भएको छ। अहिलेसम्म वडा कार्यालय भवन भाडामा कार्यालय अंधिकास कामकाज गर्दै आइरहेको छौँ। त्यसले गर्दा अलि भवनको पहिलो समस्या भएको देखिन्छ। अब आफ्नै वडा कार्यालय भवन निर्माणकार्य सम्पन्न भए पश्चात् स्थानीय सेवा प्रदान गर्ने काम थप प्रभावकारी रहने अध्यक्ष बुढाले बताएका छन।

वडा कार्यालय भवन निर्माणकार्यका लागि उपभोक्ता समिती मार्फत भवन बन्नलागेको छ। हिमाली गाउँपालिकाको २५ लाख विनियोजन रकम र जनश्रमदान ६ लाख ५ हजार ७ सय ४९ रुपैयाँ लगानीमा भवन निर्माण काम थालनी भएको वडा प्राविधिक भिमलाल बिष्टले बताएका छन। अहिले जम्मा ३१ लाख ५ हजार ७ सय ४९ रुपैयाँको बराबर लागत अनुमान अनुसार भवन निर्माण गरिने भएको बताए।

  • सेती कर्णाली खबर
  • -