October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीका कर्मचारी सापकोटाले भवानी माविलाई खेलकुद सामाग्री सहयोग

  • सेती कर्णाली खबर
  • सोमवार, चैत्र १९, २०८० 0५:११
हिमालीका कर्मचारी सापकोटाले भवानी माविलाई खेलकुद सामाग्री सहयोग

बाजुरा- भवानी माध्यमिक बिधालय लाई खेलकुद सामाग्री मनिराम सापकोटाले हस्तान्तरण गरेका छन।

हिमाली गाउँपालिका कार्यरत अमिन मनिराम सापकोटाले गाउँपालिका केन्द्र धुलाचौरमा रहेकोे भवानी माध्यमिक बिधालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन। बिधालय सानो सहयोग भएपनि २ वटा भलिबल र १ वटा नेट जाली बिधालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक लाई एक साथ राखेर खेलकुद सामाग्री दिएको मनिराम सापकोटाले बताएका छन।

आफू खेलकुद क्षेत्र बढी चासो भएको हुँदा पहिला बिधालयका विद्यार्थीहरुलाई भलिबल खेल्दै देख्दा आफुले आफ्नो तरिकाले भलिबल र नेटको जाली उपलब्ध गराउने भएको हुँदा केही महिनापछि खेलकुद सामाग्री उपलब्ध गराएको छु। आफुले स्टेसनरी पसल बाट करिब ३ हजार ४ सय बराबरको रकम सामान किनेर बिधालय सामाग्री सहयोग गरेको बताएका छन।

खेलकुद क्षेत्रमा विद्यार्थी अर्थ प्रयासले भबिस्य राम्रो हुनेभएको हुँदा खेलकुद राष्ट्रको गहना भएको कारणले बिधालय खेलकुद सामाग्री दिएका छन। अझ भलिबल खेलप्रति थप उर्जा शक्ति प्रदान गर्नेका निम्ति सामान बिधालयलाई बुझाएको छ। भोलि खेलाडीको रूपमा जिल्ला प्रदेश हुँदै केन्द्र सम्म पुग्न सक्ने हो भने बिधालय उच्च शिर हुनुका साथै प्रगतिको कामना हुने भएको देखिन्छ। अहिले सक्दो सहयोग बिधालय सानो भएपनि सहयोग गरेको उनको भनाइ रहेकोे छ।

खेलकुद सामाग्री हस्तान्तरण अनौपचारिक कार्यक्रममा भवानी माध्यमिक बिधालयका बिधालय व्यवस्थापन समिति नरप्रसाद पाण्डे, बिधालय शिक्षक झरिलाल यादव र अभिभावक सहित सहभागितामा खेलकुद सामाग्री मनिराम सापकोटाले हस्तान्तरण गरिएको छ। भवानी माध्यमिक बिधालयका विद्यार्थीलाई खेलकुदका ड्रेस सहित सहयोगका लागि कलब लोगो सहित छापेर २७ वटा उपलब्ध गराउने भएको सापकोटाले बताएका छन।

  • सेती कर्णाली खबर
  • -