October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

देउडा साँस्कृतिक संरक्षण गर्दै गाउँमा नारी दिवस मनाए

  • सेती कर्णाली खबर
  • शनिबार, फाल्गुन २६, २०८० १२:३१
देउडा साँस्कृतिक संरक्षण गर्दै गाउँमा नारी दिवस मनाए

उमेश रोकाया,बाजुरा- देउडा सास्कृतिक लाई संरक्षण गर्दै नारी दिवस गाउँमा मनाएका छन।

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमआयोजना गरेर मनाइँदै छ । ‘महिलामा लगानी स् सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को पाँडी गाउँमा नारी दिवस औपचारिक कार्यक्रम गरेर मनाएका छ्न। महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै हिमाली गाउँपालिका वडा/टोल एक धेरै वर्ष समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छन।

लैङ्गिक समानता हासिल गर्न महिला तथा बालिकाको सुरक्षा र सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका सार्थ सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न, महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिलाको सहभागिता, विभेद, असमानताका सवालमा र्‍याली, जुलुस तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरी गाउँपालिका भरी दिवस मनाइने गरेको चरित्रा भण्डारीले बताएका छन।

विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो। तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको थियो।

दुर्गम गाउँमा नारी दिवस देउडा साँस्कृतिक र सडक नाटक कार्यक्रम महिला दिवस मनाएका छ्न। गाउँमा वर्षको रूपमा विभिन्न क्रियाकलाप तथा जनचेतनामूलक कार्यक्रम गरेर देउडा साँस्कृतिक संरक्षण गर्दै नारी दिवस गाउँमा भव्य मनाउने गरेको भण्डारीले बताएका छ्न।

  • सेती कर्णाली खबर
  • -