October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा ४० लाखको स्याउ बिक्री बितरण

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन १८, २०८० १६:४२
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा  ४० लाखको स्याउ बिक्री  बितरण

संगिता तिमिल्सेना
बाजुरा
बाजुराको स्वार्मिकातिक खापर गाउँपालिकाबाट ४० लाखको स्याउ बिक्रि वितरण भएको छ । बाजुरा जिल्लाको कर्णाली नदी पारी रहेको एकमात्र पालिका स्वार्मिकातिक खापर गाउँपालिकाबाट यो वर्ष मात्रै ४० लाखको स्याउ बिक्रि वितरण भएको हो।
पालिकाका विभिन्न वडामा गरी उत्पादन भएको ५० क्वीन्टल स्याउ मध्ये चालिस लाख स्याउको कारेबार भई बिक्रि वितरण भएको पालिकाका कृषि शाखा प्रमुख विनोद शाहीले जानकारी दिनुभयो । स्वामिकार्तिक गाउँपालिकाको वडा नं ३ मा रहेको संकल्पे, संैदेओ, जेवाले, खुन्का, लोथी र वडा नं १ को जोरुमा बिशेष गरी व्यवसायिक रुपमा नै स्याउ खेती गरिएको छ भने पालिकाका अन्य लेकाली स्थानमा सामान्य रुपमा स्याउ खेती गरिएको छ ।
गाउँपालिकाको कृषि शाखाका अनुसार त्यहाँका एक हजार आठ सय परिवार स्याउ खेतीमा आवद्ध रहेका छन् भने ती मध्ये अधिंकाश परिवारले स्याउ खेतीलाई प्रमुख आम्दानीको रुपमा व्यवसायिक खेती गरिरहेको पाइएको छ ।
स्वार्मिकातिक खापर गाउँपालिका वडा नं १ जोरुका स्याउ व्यवसायी धन बहादुर रावलले ७ रोपनी जग्गामा नौ सय बोट स्याउ लगाएर खेती गरिरहनुभएको छ । अहिले तीनसय बोटमा स्याउ फल्छन् । उहाँले यो वर्षमा मात्रै ३३ क्वीन्टल स्याउउत्पादन गरेर १३ लाख बाराबरको कारोबार गरेको बताउनुभयो ।

त्यस्तै वडा नं ३ जोरुकै अर्का स्याउ व्यवसायी कमल महताराले ५ रोपनी जग्गामा छ सय बोट स्याउ लगाएर खेती गरिरहनुभएको छ । अहिले ४० बोटमा स्याउ फल्छन् । उहाँले यो वर्षमा स्याउ उत्पादन गरेर ५ लाखको बाराबर कारोबार गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘स्याउ उत्पादनका लागि चिसो मौसम उपयुक्त हुन्छ, जलवायु परिवर्तनका कारण पछिल्लो समय पानी कम पर्ने र चाँडो गर्मी सुरु हुने भएकाले स्याउ उत्पादन घटेको छ ।
बजारीकरणको प्रमुख समस्या रहेको स्वार्मिकातिकमा यो वर्ष स्याउ ढुवानीका लागि कृषि ज्ञान केन्द्र बाजुराले ५० प्रतिशत अनुदान, जी आई जेट अन्तरगत ग्रेप परियोजनाले कार्टुन सहयोग तथा पालिकाको कृषि शाखाको बाँकी सहयोगमा अनुदानमा ढुवानी गरेर बजारीकरण गरेको शाखा प्रमुख शाहीले जानकारी दिनुभयो । स्याउखेती पर्वद्धनका लागि पालिकाले नर्सरी स्थापना गरी पाँच हजार बोट उत्पादन खेती गर्न इच्छुक कृषकका लागि ८५ प्रतिशत अनुदानमा वितरण गरिरहेको र स्थानिय स्याउ उत्पादनका लागि जोड दिदै पालिकामा हाइबे्रड स्याउ उत्पादन तथा खेती गर्न प्रतिबनध गरिएको पनि कृषि शाखाले जनाएको छ ।
स्वार्मिकातिक खापर गाउँपालिका कर्णाली पारीको पालिका भएकाले बाजुराको मुख्य सडकसंग नजोडिएको र ग्रामिण स्तरमा पनि सडक संजालको पहुँच उपयुक्त नभएकाले उत्पादन भएको स्याउ बजारकिरणमा ढुवानी प्रमुख समस्या तथा चुनौताीको रुपमा आएको पालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

  • सेती कर्णाली खबर
  • -