October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

मार्तडी कोल्टी सडक खण्ड पोरखेमा हिउँको चाप, जिप व्यवसायीलाई संकटमा

  • सेती कर्णाली खबर
  • शनिबार, माघ २०, २०८० १२:३५
मार्तडी कोल्टी सडक खण्ड पोरखेमा हिउँको चाप, जिप व्यवसायीलाई संकटमा

उमेश रोकाया,बाजुरा- जिल्लाको सदरमुकाम मार्तडी देखि कोल्टी सम्म रहेको सडक खण्ड पोरखे लेखमा हिउँको चाप भएपछि जिप व्यवसायीलाई संकट परेका छन।

बुधबार रातिदेखि निरन्तर भारी वर्षा संगै हिमपात बाजुरा उच्च भेगमा परिरहेको थियो। हिमपातसँगै अत्याधिक मात्रामा चिसो बढेको कारणले यहाँका जनजीवन कष्टकर भएको छ। बाक्लो हिमपात तथा भारी वर्षका कारणले जिप व्यवसायी सँगै स्थानीयलाई आवतजावतमा समस्या भएको बुढिनन्दा नगरपालिका १० का वीर बोहराले बताएका छन।

जुन मार्तडी देखि कोल्टी सम्म सडक खण्डमा धेरै समस्या रहेकोे छ। आजभोलि हिउँ बाक्लो चापले गर्दा समस्या भएको छ। यो सडकमा बर्खा सिजनमा सबैभन्दा बढी समस्या उत्पन्न हुने गरेको छ। सडकमा भएको समस्या बुढिनन्दा नगरपालिका र बडिमालिका नगरपालिकाको स्थानीय सरकारले दुबै सहकार्य सडक मर्मत ध्यान दिनुपर्ने हुनुपर्ने यात्रुको भनाइ रहेकोे छ।

भारी वर्षा संगै हिमपात अत्यधिक मात्र भएपछि यातायातलाई उत्तिकै समस्या भएको छ। पोरेखे लेखमा हिउँले गर्दा जिप व्यवसायी लाई गाडी चलाउन निकै कठिनाइ पिडा भोग्नुपरेको छ। यात्रुलाई बिच बिचमा हिडेर पैदलमार्ग भएर जानुपर्ने अवस्था दयनीय रहेकोे छ। कतिपय जिप सडकको छेउछाउमा राखने गरेको पाइन्छ।

सडकमा हिउँको समस्याले गर्दा सडक खण्डमा ठाउँ ठाउँमा राख्ने गरेका छन। त्यति मात्र होइन माल वाहक ट्याक्टर सडक छेउछाउ त्यतिकै राख्ने गरेको देखिन्छ। मार्तडी देखि कोल्टी सडक खण्डमा बिच बिचमा डोजर राखेका छन। तर काम नलाग्ने बिगि्रएको डोजर राख्ने गरेको पाइन्छ। जसले गर्दा तत्काल समस्या समाधान गर्नका निम्ति विभिन्न निकायले ध्यानाकर्षण रहनुपर्ने जिप यात्रुले गुनासो गरेका छन।

बिचमा हिउँको धेरै चापको कारणले अहिले गाडी समयमा पुग्नुपर्ने पुगिसकेको छैनन। अहिले बीच गाडी चड्ने र झर्ने गर्ने गर्दा घण्टा समय लागेर यात्रा गर्नुपर्ने बाध्यता रहेकोे छ। एकै गाडीहरूलाई मात्र नभएर सबै जिप व्यवसायी लाई उस्तै समस्याको भुमरीमा परेका छ्न। यसले जिल्ला प्रशासन लगायत स्थानीय सरकारले यसको समाधान गर्ने उत्तिकै भुमिका रहेपनी यता भने कुनै निकायले ध्यान नरहेको जिप व्यवसायीले जानकारी दिएका छ्न।

  • सेती कर्णाली खबर
  • -