October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा हिमपात संगै जनजिवन प्रभावित

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ १८, २०८० ११:४२
बाजुरामा हिमपात संगै जनजिवन प्रभावित

उमेश रोकाया,बाजुरा- हिजो रातीदेखि बाजुराका विभिन्न हिमाली भेगमा हिमपात भइरहेको छ ।

बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। सुदुरपश्चिमका अन्य जिल्लामा गएरातिदेखि अहिलेसम्म पानी परिरहेको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित समेत भएको छ ।

हिमपातसँगै अत्याधिक मात्रामा चिसो बढेको कारणले यहाँका जनजीवन कष्टकर भएको छ। बाक्लो हिमपात तथा भारी वर्षका कारणले हवाई उडानसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन। महिनौं पछि भएको हिमपातले उत्पादनमा सहज हुने भन्दै कृषक खुसी भएका छन् । चिसो संगै हिमपात भएपछि बिद्यालयबाट टाढा रहेका बिद्यार्थीहरुलाई आवतजावतमा समेत समस्या हुँदा पठनपाठनमा समस्या भएको छ।

सिचाईकाे सुविधा नहुँदा गहुँ बाली लगाएको बाली बर्षा र हिमापता भएपछि कृषकलाई राहत भन्दै गएको खुसी भएका छ्न। धेरै महिनादेखि वर्षाका कारणले लगाएको बालीमा निकै समस्या उत्पादन हुन लागेको कृषकले बताएका छन। बुधबार राती देखि आएको लगातार वर्षाले बाजुराका अधिकास कृषकलाई सुक्न लागेको बाली पानी परेपछि हरियो देखिने भएको छ।

  • सेती कर्णाली खबर
  • -