October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालयन लाइफ इन्स्योरेन्स द्धारा बिद्यनर्थी तथा बृदबृर्दालाई न्यानाे कपडा बितरण

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर २३, २०८० १६:0५
हिमालयन लाइफ इन्स्योरेन्स द्धारा बिद्यनर्थी तथा बृदबृर्दालाई न्यानाे  कपडा बितरण

बाजुरा-हिमालयन लाइफ इन्स्योरेन्स  बाजुरा शाखा द्धारा बडिमालिका नगरपालिका वडा.नं. ७ काे रज्ञानोदय माध्यामिक बिद्यनलयका अति बिपन्न विद्यार्थी हरुतथा बृर्दबृदाहरुलाई न्यानेा कपडा बितरण गरिएकाे छ ।

ज्ञानोदय माध्यामिक बिद्यालयमा अध्ययनरत २० जना अति गरिब बिद्यार्थी, हरु लगायत १०० जना लाई गाउका एकल महिला तथा बृद्ध पुरुषहरुलाई समेत न्यानो कपडा बितरण गरीएको हिमालयन लाइफ इन्सोरेन्स लिमिटेडबाजुरा का शाखा कि प्रमुख कबिता रेग्मी पाध्याय ले बताएकी छन् । निमुखा तथा अति गरिब बालबालिका ले चिसाेका कारण बिद्यालय आउन बाट बन्चित नहुन र यहाका बुढा आमा बा तथा एकल महिला हरु चिसोबाट बच्नको लागी थोरै भएतापनि यश कम्पनीले मलम लगाउनसक्ने हिमालयन लाइफ इन्सोरेन्स केन्द्रीय प्रमुख नवीन कुमार थापा ले बतायका छन् ।

हामिले प्रत्यक बर्ष हरेक ठाँउमा यस्तै गतिबिधि संञ्चालन गर्दै गर्दा याे पटक बाजुराकाे बिकट ठाउमा ठाँउमा आएर स साना बिद्यार्थी, बृद्धबृद्धा तथा एकल महिलाहरुलाई न्यानो लुगा बितरण गर्न पाँउदा खुसी लागेको थापाकाे भनाई रहेकाे छ ।
यश कम्पनीले आफ्नाे फाईदा बाट गाउका मा रहेका ब्यक्तिहरुलाई समाज सेवा गर्नमा समेत खर्च गर्ने गरेकाे बताएका छन् । यो संस्थाले हरेक ठाँउमा बिभिन्न समयमा सामाजिक गतिबिधि संञ्चालन गर्दै आएको जानकारी दिनुहुदै यो चिसोको समयमा अलिकती जाडो छेल्न भएतापनि उक्त लुगा बितरण गरीएको उहाँले बताएका छन । चिसोको समय न्यानो लुगाकपडाहरु पाँउदा बिद्यार्थी,एकल महिला तथा बृद्धबृद्धाहरु खुसी हुदै सहयोग गर्ने संस्थालाई धन्यबाद समेत दिएका छन ।

चिसोको समयमा न्यानो लुगा बितरण गरेर सहयोग गरेको प्रति ज्ञानोदय माध्यामिक बिद्यालयका बि.ब्य.स. अध्यक्ष उमाकान्त पाध्यायले सहयोग गर्ने संस्था प्रति आभारसमेत ब्यक्त गरेका छन् ।
जिल्लाका हरेक ठाँउमा यस्तै प्रकारका कार्यक्रम संञ्चालन गर्ने हो भने यो समयमा कुनै पनि आर्थिक अबस्था कमजोर भएका ब्यक्तिहरुले चिशोको पिडा सहनु नपर्ने बताएका छन । चिसोमा लुगाकपडा बिना कोहि बस्न सक्दैन,भन्दै हरेक समयमा लुगाको महत्व भएतापनि यो चिसोको समयमा धेरै महत्व रहेको उहाँले बताएका छन । चिसोकै कारण देशमा कतिपयले ज्यान गुमाउनु परेको उदाहरण दिदै यो चिसोको समयमा चिसोबाट बच्न लुगा बितरण गरेको प्रति उहाँले सहयोगी संस्थालाई धन्यबाद ज्ञापन गरेका छन । कार्यक्रममा बोल्ने सबै बक्ताहरुले लुगा बितरण गर्ने संस्थाप्रति सबैले आभार प्रकट गर्दै थप कार्यको लागी शुभकामना समेत दिएका थिए ।
एक औपचारीक कार्यक्रमका बिच ज्ञानोदय माध्यामिक बिद्यालयका बि.ब्य.स अध्यक्ष उमाकान्त पाध्यायको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल रहनु भएको थियो । कार्यक्रममा हिमालयन लाइफ इन्सोरेन्स लिमिटेडका केन्द्रीय प्रमुख नबिन कुमार थापा,प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक कबिन्द्र सिंह बोहरा बडिमालिका नगरपालिका वाड न७का ,कार्यबाहक बडा अध्यक्ष डबल बि.क बिशिष्ट अतिथि रहनुभएको थियो । उक्त लुगा बितरण कार्यक्रममा वडा सदस्य पार्वती (जोशि) हमाल,पत्रकार,शिक्षक,शिक्षिका,बिद्यालयका बिद्यार्थी तथा,बृद्धबृद्धा लगायत अन्य स्थानियको बाक्लो उपस्थित रहेको थियो ।

  • सेती कर्णाली खबर
  • -