October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

टीकापुर अस्पतालमा पहिलो पटक पित्तथैलीको अप्रेसन सफल

  • सेती कर्णाली खबर
  • मङ्लबार, कार्तिक २१, २०८० 0३:0७
टीकापुर अस्पतालमा पहिलो पटक पित्तथैलीको अप्रेसन सफल

टीकापुर । टीकापुर अस्पतालमा पहिलो पटक पित्तथैलीको पत्थरीको अप्रेसन गरिएको छ।

टीकापुर अस्पतालमा कार्यरत जनरल सर्जन डाक्टर नवीनचन्द्र भट्ट, एनेस्थेसियोलोजिस्ट डाक्टर अनु शर्मा, एनेस्थेसिया सहायक सन्तोष जोशी लगायत स्वास्थ्यकर्मीको टोलीले पित्तथैलीको पत्थरीबाट पीडित टीकापुर नगरपालिका९२ की ३७ वर्षीया रमिता चौधरीको सफल अप्रेसन गरिएको हो

अस्पतालमा रहेको ल्याप्रोस्कोपी दुरविन प्रविधिको प्रयोग गरिएको अप्रेसन गरिएकी चौधरी आज अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनी लामो समयदेखि पत्थरीबाट पीडित थिइन्। डाक्टर भट्टको नेतृत्वमा दैनिकजसो जनरल अप्रेसनहरू हुँदै आएका छन्।

जटिल अप्रेसन मानिने पित्तथैलीको अप्रेसन सफल रुपमा सम्पन्न गर्न सकेको भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले अब यस्ता समस्याको नियमित अप्रेसनहरू सुरु गरिने बताए ।

  • सेती कर्णाली खबर
  • -