October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्थानीयलाई उपचार सहायता खर्च रकम पुनरावलोकन तथा परिमार्जन गर्दै

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १७, २०८० १९:३५
स्थानीयलाई उपचार सहायता खर्च रकम पुनरावलोकन तथा परिमार्जन गर्दै

उमेश रोकाया/बाजुरा- बाजुराको हिमाली गाउँपालिका स्थानीय नागरिकहरुलाई उपचार सहायता खर्च रकम पुनरावलोकन तथा परिमार्जन गर्दै आइरहेको छ।

हिमाली गाउँपालिका भित्रका स्थानीय नागरिक एबं बिपन्न नागरिकहरुलाई उपलब्ध गराउदै आएको उपचार सहायता खर्च रकममा पुनरावलोकन तथा परिमार्जन गर्दै आइरहेको छ। स्थानीय नागरिकहरु बिरामी हुँदा सम्भव भएसम्म स्थानीय स्वास्थ्य संस्थामा नै उपचार गर्नुपर्ने अवस्थामा रहेकोे छ। यदि उपचार सम्भव नभएमा मात्र सम्बन्धित स्वास्थ्य संस्थाको रिफरमा रिफर कार्ड जारि गरि गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा एम्बुलेन्सको लागि अनुरोध गर्ने र एम्बुलेन्सबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र सम्म नि:शुल्क पुर्याउने साथै कोल्टी प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा समेत उपचार सम्भव नहुने भनि रिफरकार्ड जारि भएमा मात्र बिपन्न नागरिकलाई क्रमशः जिल्ला अस्पताल हुँदै त्यो भन्दा माथिल्लो अस्पताल सम्म एम्बुलेन्स मार्फत लिईने भएको हिमाली गाउँपालिकाले बताएको छ।

रिफर कार्ड जारि नभएको हकमा सम्पुर्ण खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने साथै एम्बुलेन्स संचालन ब्यबस्थापन र सहजीकरण स्वास्थ्य शाखामार्फत गर्ने भएको छ। त्यस्तै गरी हिमाली गाउँपालिका भित्रका नागरिक एबं बिपन्न नागरिकहरुलाई उपलब्ध गराउदै आएको उपचार सहायता खर्च रकममा पुनरावलोकन गरि क्यान्सर,मुटु रोग (अपरेसन गर्नुपर्ने , एक लाख रुपयाँ भन्दा बढी उपचार खर्च लाग्ने प्रकृतिको उपचार), मृगौला फेर्नुपर्ने वा डायलाइसिस गर्नुपर्ने वा अपरेसन गर्नुपर्ने, मेरुदण्ड भाचिएको अपरेसन गरि उपचार गर्नुपर्ने, ठुलो खालको टाउकोको चोटपटकका कारण अपरेसन गरि उपचार गर्नुपर्ने, कलेजो लगायत पेटको समस्याका कारण अपरेसन गरि एक लाख रुपयाँ भन्दा बढी खर्च लाग्ने उपचारमा, पाठेघरको अपरेसन गर्नुपर्ने, ठुलो दुर्घटनाको कारण जिल्ला बाहिर लिएर एकलाख माथि खर्च भएका उपचार खर्चमा साथै अति विपन्नताको कारण ज्यानै जान सक्कने भनिओठ ओओठ सम्बन्धित वडा कार्यालय र स्वास्थ्य संस्थाको सिफारिसमा उद्धार गरि उपचार गर्नुपर्ने अवस्थाको उपचार खर्चमा बढीमा एकलाख सम्म आर्थिक सहायता रकम उपलब्ध गराउने भन्ने निर्णय सर्बसम्मत पारित गरिएको गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -