October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

समाजवादी मोर्चाको आज पहिलो बैठक बस्याे

  • सेती कर्णाली खबर
  • शनिबार, असार २३, २०८० १२:२७
समाजवादी मोर्चाको आज पहिलो बैठक बस्याे

काठमाडौं, असार २३

समाजवादी मोर्चाको पहिलो बैठक आज बसेकाे  छ।
मोर्चा घोषणा भएको २० दिनपछि शनिबार अपराह्न ४ बजे पहिलो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको छ।
बैठकमा आगामी कार्ययोजनाबारे छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् ।
याे समाजबादी माेर्चाकाे आज पहिलो बैठक बसेकाे हो। यश माेर्चाले कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुनेछ । आगामी कार्ययोजना र समसामयिक राजनितिबारे काे बिषय छलफल हुनेछ उनले थपेका छन् ।
बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने मुख्य भूमिका, सरकारले जनजीविका का लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने बताएका छन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द विप्लव लगायत नेताहरूकाे सहभागीता मा बसेकाे छ।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चाकाे घोषणा भएको थियो।

  • सेती कर्णाली खबर
  • -