October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सांसद बुढाको पहलमा फोक्सुण्डो स्वास्थ्य चौकीमा सोलार उपलब्ध

  • सेती कर्णाली खबर
  • शनिबार, असार १६, २०८० 0२:४१
सांसद बुढाको पहलमा फोक्सुण्डो स्वास्थ्य चौकीमा सोलार उपलब्ध

लेख बुढा , १६ असार डोल्पा हिमाली जिल्ला डाेल्पाकाे शे-फाेक्सुण्डाे गाउँपालिकामा पर्ने फाेक्सुण्डाे स्वास्थ्य चाैकी स्थापना कालदेखि अन्धकार भएको भएकाे थियाे ।  फोक्सुण्डो स्वास्थ्य चौकीकाे नयाँ भवन बनेपनि ठेकेदारले स्वास्थ्य चौकीको छतमा केही सोलारपाता राखेको भएपनि ब्याट्री राख्ने   र  भवनमा वाईरिङ नगरेकोले दिउँसो स्वास्थ्य चौकी जति सुन्दर देखिन्थ्यो तेती नै राति अन्धकार र सुनसान हुन्थ्यो । पूर्व पर्यटन राज्य मन्त्री तथा हाल प्रतिनिधि सभा सदस्य धन बहादुर बुढाकाे पहलमा फाेक्सुण्डाे स्वास्थ्य चाैकीमा ३ किलाेवाट क्षमताको सौर्य उर्जा (सोलार ) जडान भएको छ।

स्वास्थ्य चौकीको  छतमा केही  सोलार पाता भएपनि स्वास्थ्य चौकी अन्धकार थियो  बत्ती  नभएका कारण विभिन्न समस्या आउन थालेपछि आफ्नो ब्यक्तिगत खर्च गरी वैकल्पिक ऊर्जामा करिब ३ किलोवाट सौर्य विद्युत उपलब्ध गराइदिन निवेदन दिएको फोक्सुण्डो स्वास्थ्य चौकी प्रमुख पारस बहादुर शाही  पीडा सुनाउनुभयो । शाहीले भन्नुभयो, बैकल्पिक उर्जाले स्वास्थ्य चौकीको भवनमा प्यानल पाता भएकोले सोलार उपलब्ध गराउन नसकिने जानकारी दियो । बैकल्पिक उर्जाबाट निवेदन सुनुवाइ हुन नसकेपछि फाेक्सुण्डाे स्वास्थ्य चाैकीकाे अन्धकार समस्या लिएर  पुर्व पर्यटन राज्य मन्त्री तथा हाल प्रतिनिधि सभा सदस्य धन बहादुर बुढा लाई सबै पीडा सुनाएकाे शाहीले बताउनुभयो । पूर्व पर्यटन राज्य मन्त्री तथा सांसद बुढाले तत्कालीन बैकल्पिक उर्जाका महानिर्देशक मधुसूदन अधिकारी लाई फोन गरि दुर्गम ठाउँको स्वास्थ्य चाैकीमा सोलार उपलब्ध गरिदिन अनुरोध गरेपछि  वैकल्पिक ऊर्जासंग  २०८० जेठ महिना १५ गते भित्र फोक्सुण्डो स्वास्थ्य चौकीलाई सौर्य बत्ती (सोलार ) हस्तान्तरण गर्ने सम्झौता भएकाे स्वास्थ्य चाैकी प्रमुख शाहीले बताउनुभयो ।

सम्झौता भएपनि  सोलार ढुवानीमा गाउपालिकाले आर्थिक अभावको कारण देखाउदै ढुवानी हुन नसकेपछि सहयाेगी संस्था खोज्दा केही ढिलो भएपनि  १ लाख ५०  हजार बराबरको TASHI-D संस्थाका फाउन्डर सम्दुक लामा र डाइरेक्टर रामचन्द्र बुढाले काठमाडौ  देखि  स्वास्थ्य चौकी सम्म सोलार ढुवानी गरिदिए पछि फाेक्सुण्डाे स्वास्थ्य चाैकीमा साेलार जडान गर्न सफल भएकाे फाेक्सुण्डाे स्वास्थ्य चाैकी प्रमुख शाहीले बताउनुभयो ।

स्वास्थ्य चाैकी उज्यालो बनाउनकाे लागि काठमाडौं जान आउन गरेर आफ्नाे ब्यक्तिगत लाखौं खर्च भएतापनि स्वास्थ्य चाैकीमा साेलार पुगेपछि खुसी भएकाे शाहीले खुसी ब्यक्त गर्नुभयो । साेलार उपलब्ध गराउन सहयाेग गर्ने सबैलाई उहाँले धन्यवाद ब्यक्त गर्नुभएको छ । साेलार जडान पछि स्वास्थ्य संस्थामा नियमित कार्यालयकाे काम र विरामीकाे चेकजाँच गर्न सजिलो भएकाे शाहीले बताउनुभयो ।

सांसद बुढाको पहलमा फोक्सुण्डो स्वास्थ्य चौकीमा सोलार उपलब्ध

  • सेती कर्णाली खबर
  • -