October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ २६, २०८० 0९:0४
भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने

२६ जेठ, नेपालकाे सीमानाकाे नजिक रहेकाे भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने भएको छ । परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारबाट नेपाली नागरिकले किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढीकाे सामान ल्यायमा साे काे मूल्यको वस्तुमा भन्सार लाग्ने छ ।
यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य रुपमा नलाग्ने थियाे । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्नेभएकाे कुरा भन्सार विभागको दाबी रहेकाे छ । १५ जेठमा परिस्कृत रुपमा अर्थ मन्त्रालयले प्रकाशित गरेको यात्रुको भन्सार सुविधाअन्तरगत यस्तो नियम आएको भन्सार विभागले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • -