October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

आगलागि भएर घर जले संगै २ परिवाकाे बिचल्ली लाखौंको क्षती

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १७, २०८० १0:५७
आगलागि  भएर घर जले संगै २ परिवाकाे बिचल्ली लाखौंको क्षती

बाजुरा जेठ १७-बाजुरा – जिल्लाको गौमुल गाउँपालिका वडा न ६ टुनीमा एक घरमा आगलागि भएको छ । बुधबार विहान ४ः०० बजे तिर घरमारहेकाे विद्युतको तार सटभएर स्थानीय गोरे वि.क. र उज्वल बि.क.काे घरमा आगलागी हुदा दुई परिवार बिचल्लीमा परेका छन् ।उनकाे सेलेटले छाएकाे तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
विद्युतको तार सट भएर घरमा आगलागी भएर ३ तले पत्थरले छाएको ८ कोठे घरमा आगलागी हुँदा टपकाे तला मा वा माथिल्लो एक तला पुरै जलेर नष्ट भएको प्रहरी नायव निरिक्षक रामसिंह ठगुन्नाले जानकारी दिएका छन् ।
घरमा आगलागी हुँदा घर भित्र रहेका लत्ताकपडा , भाडाकुडा, अन्नपात तथा महत्वपुर्ण कागजात समेत जलेर सखाप भएका छन् । भने घरमा रहेका गरगहना ,नगद रुैपैया समेत जलेर सखाब भएकाे पत्रकार रमित बि क ले जनाएका हुन ।

आगाे बिहान ४बजेकाे समयमा बिजुलीकाे तार सट भएर घरमा आगाेलागेकाे हुन सक्ने जिल्ला प्रहरीकार्यालय बाजुराले जनाएकाे छ।
आगलागिबाट पाँच लाख बढीको क्षती भएको प्रहरी नायब निरीक्षक ठगुन्नाले बताएका छन् ।बिहान पख स्थानीयहरुले तत्काल उद्धार गर्दा मानवीय क्षती हुन बाट जाेगाएकाे कुरा पिडित बि.क. परिवारले जनाएका छन् रातीमा हामी सबै जना घर भरी मस्तसुतेका थियाै बिहान उठ्ने बेला त घरकाे माथिल्लाे तलामा आगाे दन्केकाे र पाखाका पणा भुईमा झर्न लागेकाे थाहापाए पटी बाहिर हेर्दा त घरकाे पुरै पाखाे जलेकाे देखीएकाले म एक छिन आत्तिए र घरका सबैजहान लाई हत्तपत्तबाहिर जानलगाए र सानातिना बालबच्चा हरुलाई बाेकेर बाहिर लग्याेै पिडित उज्वल बि.क.ले बताएका छन् ।उनले रुदै भने जेहाेस् घर जल्याे जल्याे परिवार त बच्याे झन्नै सारा परिवार आगाेमा सखाप हुने रहेछाै भगवानले हात छाेडेर बचाए छ ।मेराे घरमा अनिष्ठ हुनबाट बचायाे हामी बाच्याै र पाे तपाईं हरु संग भेट भएकाे छ नत्र हामी त खतमै हुने थियाै भनेर आँखाभरी आँसु झारेरका थिय ।
अहिले उनिहरु नजिकका आफन्त हरुकाे घरमा बसिराखेका छन् उनिहरुलाई अहिले लाई खान काे लागि कुनैपनी ब्यबस्था छैन यतिका परिवारलाई कसकाे घरमा लगेर खुवाउने समस्या भएकाे छ ।

अहिले गाैमुल गाउपालिकाले त्रिपाल ,टेण्ट।पिडीत र केही खाध्यान्न सहयाेकाे लागि ब्यबस्था मिलाउन लागेकाे षाैमुल गाउपालिका ६ का वडाअध्यक्ष प्रकाश बहादुर राेकायाले बताउनु भएकाे छ १२जना काे सदस्य रहेकाे परिवार अहिले समस्यामा परेका छन् । उज्वल बि.क. काे घरमा साना केटाकेटी मात्र रहेका र आफू कमाउनकाे लागि भारतकाे बेङ्रराेल गएका अध्यक्ष राेकायाले बताएका छन्।ग पिडित रमित बि क नेपाल पत्रकारमहांसंघ बाजुरा शाखाका सचिब समेत रहेका छन् आफू धनगढी भएकाे बेला घरमा क्षति भएकाे बताएका छन् ।

  • सेती कर्णाली खबर
  • -