October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

राष्ट्रपतिलाई गगन थापाको आग्रह भारतमा गरेको उपचार खर्च आफैं ब्यहोर्नु

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख १८, २०८० १४:५४
राष्ट्रपतिलाई गगन थापाको आग्रह भारतमा गरेको उपचार खर्च आफैं ब्यहोर्नु

१८ वैशाख, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतमा गरेको उपचार खर्च आफैं ब्यहोर्ने घोषणा गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिक दिवशको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने धारणा राखे ।

‘राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ । म ब्यहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्‍याउँछ ?  त्यसैले राष्ट्रपतिको विश्वास कहाँ पुर्‍याउँछ ?’ थापाले भने ।

छातीमा समस्या देखिएपछि उपचारका लागि भारत गएका राष्ट्रपति पौडेल आइतबार स्वदेश फर्किएका छन् ।

थापाले राज्यका उच्च पदस्थ व्यक्तिको उपचारका लागि राज्यकोषबाट खर्च गरिने तर नागरिकले उपचार खर्च तिर्न नसकेर आत्महत्या गर्नुपर्ने अवस्था आउन नहुने बताएका छन् ।

‘नेपालको राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे भनौँ न अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाटहुने जनताले तिरेको करबाट बाहिर लगेर हामीले उपचार गर्ने, अनि उसको उपचार खर्च जनताले व्यहोर्नुपर्ने अथवा राज्यकोषले व्यहोर्नुपर्ने’ उनले भने, ‘तर नागरिक चाहिँ अस्पतालमा उपचार गर्दागर्दै उपचारको पैसा तिर्न नसकेर कोही हाम्फाल्नुपर्ने । अस्पतालमा गए बन्धक बन्नुपर्ने, यो गलत हाे। यसाे गर्न पाइँदैन भनेर संसदमा हामीले कानून बनाएका छौँ ।’अनलाईन खबरबाट साभार

  • सेती कर्णाली खबर
  • -