October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको कोल्टीमा जिप दुर्घटना ,७ जना घाईते

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र १७, २०७९ १२:२५
बाजुराको कोल्टीमा जिप दुर्घटना ,७ जना घाईते

बाजुरा, १७ चैत्र । कोल्टी बाट धुलाचौर जाँदै गरेको यात्रुवाहक बुलेरो जिप आज  दुर्घटना  भएको छ।
कोल्टी वाट धुलाचौर जादै गरेको यात्रुवाहक ग १ ज ७५६९ नम्बरको जीव बुढिनन्दा नगरपालिका एक कोल्टी तल्लो बजारमा दुर्घटना भएको छ । आज वेलुका ४ बजे तिर ९ जना यात्रु बोकेर धुलाचौर जाँदै गरेको बोलेरो जिप ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यलय कोल्टीले बताएको छ । दुर्घटनामा परि ७ जना घाइते भएका छ्न घाइते हुनेमा हिमाली गाउँपालिका ३ का वर्ष १६ बर्षका कार्चेन गुरुङ , वर्ष ११ का पासाङ गुरुङ, वर्ष ६७का दावा सान्पाङ्ग ,हिमाली सातका २२ वर्षका योग्यराज उपाध्याय खत्याड गाउँपालिका ११ का वर्ष ७०कि रामदेवि शाही ,वर्ष २६ का परु शाही र गाडी चालकहेमराज तिमिल्सिना रहेका छ्न । घाइतेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । घाइतेको अवस्था सामान्य रहेको कोल्टी प्राथमिक स्वास्थ्यका डा. रन्जित श्रेष्ठले जानकारी दिनु भएको छ ।

  • सेती कर्णाली खबर
  • -