October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

लघुवित्तका कर्मचारीलाई कालो मोसो दले

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन १७, २०७९ १0:४१
लघुवित्तका कर्मचारीलाई कालो मोसो दले

जाजरकोट, १७ फागुन। जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको छ ।

१६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालोमासो दलेको पाइएको जाजरकोटका डीएसपी सन्तोष रोक्काले जानकारी दिनुभयाे । ती कर्मचारीको साथमा रहेको रकमसहित झोला समेत अज्ञात समूहले लुटेर लगेको पाइएको डीएसपी रोक्काले बताउनुभयाे ।

‘१६ गते उक्त स्थानमा एनआईसी एशिया लघुवित्तको किस्ता उठाउने मिति रहेछ । सोही क्रममा लघुवित्तका कर्मचारी किस्ता उठाउन गएका रहेछन् । उनै कर्मचारीलाई दुई जना व्यक्तिले कालोमोसो दलेर किस्ता असुल गरेको रकम सहितको झोला लिएर भागेका रहेछन्,’ डीएसपी रोक्का भन्नुहुन्छ, ‘हामीले घटनाको अनुसन्धान सुरु गरिसकेका छौं । ५ जना नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।स्रोत-hernekura.com

  • सेती कर्णाली खबर
  • -