October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा खेती प्रवर्द्धन कार्यक्रम संचालन

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २०, २०७९ १0:२४
हिमालीमा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा खेती प्रवर्द्धन कार्यक्रम संचालन

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन कार्यक्रम संचालन गरिएको बताएको छ।

गाउँपालिका बजेट अनुसार फलफूल दशक कार्यक्रम अन्तर्गत ५० प्रतिशत मुल्य अनुदान फलफूल विरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन संचालन गरिएको छ। हिमाली गाउँपालिका भित्रका लक्ष्यित समुहहरुले विशेषगरी यो कार्यक्रम लागु हुनेभएको कृषि विकास शाखा प्रमुख टोप बहादुर शाहीले बताएको छ।

कार्यक्रम लक्ष्यित समुहहरु भुमि बिहिन कृषक, व्यावसायिक कृषक, विदेश बाट फर्केका युवाहरू, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सुचिकृत भएको युवाहरू, निजि कृषि फार्म, कृषि सहकारी तथा स्थानीय विभिन्न वृक्षरोपण गर्ने उपभोका समिति, कम्पनी तथा संघ सस्थाहरु, संघ, प्रदेश तथा स्थानीय तहबाट संचालन भएका अन्य विभिन्न कार्यक्रमका सुचीकृत कृषिहरुलाई पहिलो प्राथमिकता गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएको छ।

५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन कार्यक्रम लागि सूचना टासिंएको पनि बताएको छ। उक्त सूचना अनुसार एक महिना भित्र गाउँपालिकाको कृषि विकास शाखा ५० प्रतिशत मुल्य अनुदानमा रकम उपलब्ध गराएर फलफूल तथा विरुवा दिने पनि कृषि विकास शाखा प्रमुख शाहीले बताएको छ।

  • सेती कर्णाली खबर
  • -