October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा यात्रुवाहक जिप दुर्घटना

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर २१, २०७९ १४:२३
बाजुरामा यात्रुवाहक जिप दुर्घटना

२१ मंसिर बाजुरा- बुढिनन्दा नगरपालिका स्थित काेल्टीबाट सदरमुकाम मार्तडी आउदै गरेको जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । दिउँसो  कोल्टीबाट  मार्तडी आउदै गरेकाे  यात्रु वाहक जिप  काेल्टीकाे विर्सैन नजिकै दुर्घटना हुँदा  सवार ७ जना घाईत भएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ।

१० जना सवार रहेको  जिप दुर्घटना हुदाँ ७ जना समान्य घाईते भएको छन ।  घाईते सवै जना बाजुरा, हुम्ला र मुगुका रहेका कोल्टी इलाका प्रहरी कार्यालय प्रमुख  प्रहरी  निरिक्षक सुरज सिहले बताए ।

घाईते हुनेमा हुम्लाका सर्केगाड वस्ने ४५ वर्षिया कालीबहादुर वुढा, सोही ठाउँका २२ वर्षिया भैर वुढा, हुम्ला सिमीकोट २ वस्ने ४१ वर्षिया रन वुढा, मुगु तिन श्रीकोट वस्ने २७ वर्षिया ललिता रोकाया, सोहि ठाउँका २५ वर्षिया भीमबहादुर वानिँया, मुगु तिन रोल वस्ने ३५ वर्षिया गोरख बहादुर रोकाया र बुढीनन्दा नगरपालिका १० वस्ने ४५ वर्षिया जीत ल्वार घाईते भएका इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

घाईते सवै जनाको अहिले काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले  जनाएकाे छ । जीप अनियन्त्रीत भएर सडक भन्दा करीव १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • -