October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा मतगणना सुरु

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर १५, २०७९ १२:३२
बाजुरामा मतगणना  सुरु

बाजुरा –  बाजुरामा मतगणना सुरु  भएको छ। जिल्लाकाे मतगणना  दिउसाे ३ बजेर ३० मिनेटबाट सरु हुने भनेपनि ६ बजे बाट मतगणना शुरु भएकाे हाे ।

मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलिय बैठकले साढे ३ बजे पछिबाट मतगणना गर्ने सहमति गरेको  थियाे । दुइवटा ठाउँ बाट प्रतिनिधि सभा र एक ठाउँ बाट प्रदेश सभाकाे गणना शुरु गरिएकाे छ ।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्ने बुधबार निणर्य गरेको थियो। तर बैठकमा एमाले नआएपछि गणना सुरु भएको थिएन्। आयोगको मतगणना गर्ने निणर्य गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलिय बैठक बोलाएको थियो। तेस्रो पटक नेकपा एमालेसहित सहभागि भएपछि मतगणना गर्ने सहमति भएको हो। बुधवार बेलुका, बिहिवार बिहान ७ बजे र बिहान ११ बजे बैठक बसेको हो।

  • सेती कर्णाली खबर
  • -