October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा ३:३० बजे बाट मतगणना सुरु हुने

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर १५, २०७९ 0८:२१
बाजुरामा ३:३० बजे बाट मतगणना  सुरु हुने

बाजुरा–बाजुरामा जिल्लामा ३ बजेर ३० मिनेट बाट मतगणना शुरु हुने भएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यलय बाजुराले बाेलाएकाे सर्वदलिय बैठकले ३ बजेर ३० मिनेट पछि बाट मतगणना गर्ने सहमति भएकाे बैठक सहभागि एक नेताले वताएका छन् ।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निणर्य गरेको भए पनि बाजुरामा मतगणना अनिश्चत बनेको थियाे । आयोगको मतगणना निणर्य गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा  तेस्रेा पटक सर्वदलिय बैठक बाेलाएको थियाे । तेस्राे पटक नेकपा एमाले सहित सहभागि भएपछि मतगणना गर्ने सहमति भएकाे हाे ।

नेकपा एमाले सहभागि  बुधवार बेलुका भएकाे बैठक स्थगित भएकाे थियाे । बिहिवार बिहान ७ बजे बैठक बसेपनि सहमतिका लागि दिउँसाे ११ बजे बैठक बाेलाएर सहमती भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बाजुराले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • -