October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीको बिच्छयाँ क्षेत्रमा टेलिफोन सेवा सुचारु गर्न पहल

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन २५, २०७८ 0९:0२
हिमालीको बिच्छयाँ क्षेत्रमा टेलिफोन सेवा सुचारु गर्न पहल

बाजुरा, जिल्लाको प्रदेश( क)  का अधिकांश स्थानीय तहका दुर्गम वस्तीहरुमा संचारको पहुँचबाट बाहिर छन् । संचार विनाको हरेक कार्यमा बाधा अड्चन हुने गरेको पाइन्छ ।
हिमाली गाउँपालिकाको विच्छ्या संचार क्षेत्रबाट टाढा रहेको छ । संचारको पहुँचमा नभएको विच्छ्यालाई संचारसंग जोड्नका लागि गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल सहितको टोली नेपाल टेलिकम केन्द्रीय कार्यालयमा धाउन थालेका छन् ।
गाउँपालिका भित्रका वस्तीहरुलाई सञ्चार तथा इन्टरनेटको पहुँचमा ल्याउने अभियानलाई पालिकाले निरन्तरता दिएको छ।
जिल्लाको प्रदेश “क” भित्रका ४ वटै स्थानीयतहहरुमा दुइचार दिन लगातार पानी परेपछी त्यहाका टेलिफोन टावरहरुले काम गर्दैनन् किनकि टेलिफोन टावरहरुमा सौर्य उर्जा जडान गरिएको छ। घाम नलागेपछी स्थानिय वासिहरु सम्पर्क बिहिन हुने गरेकाछन । विद्दुतिय उर्जाको पहुँच  टेलिफोन टावर सम्म पुग्न सकिरहेको छैन ।                                                             टेलिफोन र इन्टरनेटको सुविधाबाट टाढा रहेको गाउँपालिकामा पछिल्लो समय गाउँपालिका भित्रका बस्तीहरुलाई टेलिफोन सहीत इन्टरनेट सेवाको पहुँचमा ल्याउन हिमाली गाउँपालिका सफल बन्दै गएको देखिन्छ।

केही दिन अगाडी हिमाली गाउँपालिकामा टेलिकमको 3G जी इन्टरनेटसहित टेलिफोन सेवा सुचारु गरेको छ । गाउँपालिका केन्द्र नजिकै टावर निमार्ण गरी सेवा सञ्चालनमा ल्याएको हो । उक्त टावर सञ्चालनमा आएपछि गाउँपालिका आसपासका बस्तीहरु टेलिफोन र इन्टरनेटको सुविधासँग जोडिएका छन् ।
त्यस्तै सोही अभिायन अन्तरगत गाउँपालिकाले विच्छ्या क्षेत्रका बस्तीहरुलाई टेलिफोन सेवासहित इन्टरनेटको पहुँमा जोड्न अभियान अगाडी सारेको हिमाली गाउँपालिका निमित्त  प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले सामाजिक सञ्जालमा सार्वजनिक  गरेका छन ।

बिच्छ्या क्षेत्रमा पूर्णतः टेलिफोन सेवा तथा इन्टरनेटसँग जोड्न कवाडी असपासका बस्ती र पाडीको बस्तीलाई सञ्चारको पहुँच पुर्याउन नेपाल टेलिकमका निर्देशक गोविन्द धामी र निर्मल चटौतसँग सकारात्मक छलफल भएको कुरा भण्डारीले सार्वजनिक  छन ।

  • सेती कर्णाली खबर
  • -