सेतीकर्णाली खबर माघ ६ बाजुरा आसन्न फाुगन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि बाजुराबाट एक स्वतन्त्र सहित सात दलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । मंगलबार (आज) भएको मनोनयन दर्तामा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट […]
सेतीकर्णाली खबर २माघ बाजुरा- जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १७ औं अधिवेशन सम्पन्न भएको छ । “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार जगन्नाथ गाउँपालिका विकासको मूल आधार” भन्ने नाराका साथ गाउँपालिकाको केन्द्र जुड्डीमा संचालन भएको अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीको अध्यक्षतामा संचालन भएको अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो। […]
३० पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । निर्वाचन समिति स्रोतका अनुसार आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस नेता शर्मा र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् । सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर […]
सेतीकर्णाली खबर दिपेश शाही पौष २५ बाजुरा- जगन्नाथ गाउँपालिकामा ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज सुरु भएको हो । गाउँपालिकाको केन्द्र जुड्डीमा आज एक कार्यक्रमका आयोजना गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको पालिकाले जनाएको छ । […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही पौष २५ काठमाडौं । गायिका इन्दिरा शाह युनिकको आवाजमा सजिएको भावनात्मक गीत ‘आमा’ सार्वजनिक गरिएको छ। आमाप्रतिको माया, त्याग र सम्झनालाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले दर्शक–श्रोताको मन छोएको छ। गीतका शब्द प्रेम कटुवालले लेखेका हुन् भने संगीत हरी गिरी बिमर्शीको रहेको छ। गीतको निर्देशन जीवन शाहीले गरेका छन्। […]
सेतीकर्णाली खबर १९ पौष बझाङ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बझाङ जिल्लामा राजनीतिक सरगर्मी बढ्न थालेको छ । विभिन्न राजनीतिक दलबाट सम्भावित उम्मेदवारको नाम सार्वजनिक हुन थालेसँगै जिल्लामा चुनावी चर्चा चुलिएको छ । नेपाली कांग्रेसबाट युवा नेता अभिषेक सिंहको नाम अग्रपंक्तिमा आएको छ । संगठन विस्तार र […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १९ पौष बाजुरा। बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर १ मा अवस्थित पिलुचौर बजार पछिल्लो समय व्यापार, धर्म र पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। कर्णाली नदीको तटमा अवस्थित यो बजार कुन्ना क्षेत्रकै प्रमुख व्यापारिक केन्द्रका रुपमा स्थापित हुनथालेको छ। पिलुचौर बजार धार्मिक दृष्टिले विशेष महत्व राख्दछ। यहाँ […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २९मंसिर बाजुरा-बाजुराको कोल्टी–मार्तडी सडकखण्ड विकासको नाममा गरिएको बेवास्ताको जिउँदो प्रमाण बनेको छ। हिजो फेरि यही सडकमा यात्रुबाहक बस खोल्सामा अड्कियो। यो पहिलो घटना होइन, अन्तिम हुने संकेत पनि छैन। कहिले बस डिलमा झुन्डिन्छ, कहिले खोल्सामा फस्छ, कहिले दुर्घटनामा परेर नागरिकको ज्यान जान्छ। प्रश्न उठ्छ— कहिलेसम्म? सडक स्तरोन्नति बिना ठूला […]
सेतीकर्णाली खबर मंसिर ९ गते बाजुरा : बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका ५ वडा जेराँका स्थानीय निवासी रत्नबिर शाहीका नाति तथा प्रहरी सहायक निरीक्षक कलबहादुर शाहीको छोरा बिवश बिक्रम शाही नेपाली सेनाको अधिकृत क्याडेट (उपसेनानी) चयन परीक्षणका सम्पूर्ण चरण सफलतापूर्वक पार गर्दै अन्तिम नतिजामा नाम निकाल्न सफल भएका छन्। शाहीले नेपाली सेनाले सञ्चालन गरेको अधिकृत […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही ३ मंसिर बाजुरा — बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका– दानसाघुस्थित बड्डिगाड खोलामा बेलिब्रिज निर्माण गर्न आज एक कार्यक्रममा विशेष रूपमा शिलान्यास गरिएको छ। नगरपालिकाका उपप्रमुख राम बहादुर बोहोराले स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा पुलको शिलान्यास गरेका हुन्। सडक डिभिजन कार्यालय साफेबगरका अनुसार जडङ्गामा अवस्थित करिब दुई करोड बीस लाख रुपैयाँ लागत […]