सेतीकर्णाली खबर उमेश जङ्ग शाही १३ कार्तिक बाजुरा- लायन्स क्लब अफ काठमाडौं आबद्ध (क्लब नं. १५१६०९) द्वारा “बाजुरा सपोर्ट प्रोजेक्ट” अन्तर्गत विद्यालय पोशाक तथा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। “Hope Beyond Hills: Supporting Bajura’s Women & Students” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रम अन्तर्गत बाजुरा जिल्ला स्वामिकार्तिक गाउपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही, बाजुरा असोज ३० । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा यात्रुबाहक बस दुर्घटना भएको छ। हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस आज दिउँसो करिब १२:११ बजे अनियन्त्रित भई कर्णाली करिडोर सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। […]
काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने गरी गरेको निर्णयको विरुद्ध नागरिकस्तरबाट चौतर्फी विरोध भएको छ । सरकारको सो निर्णयविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगले समेत विरोध गर्दै निर्णय पुनर्विचार गर्न माग गरेको छ ।आयोगले नागरिकको स्वतन्त्र अभिव्यक्ति र सूचना पाउने अधिकार कुण्ठित हुने भन्दै उक्त निर्णय तत्काल पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको हो । आयोगले शुक्रवार […]
सेतीकर्णाली खबर दोहा कतार, जुलाई १७ — प्रवासी नेपालीको साझा मंच ठकुरी सहयोग सञ्जाल, कतार ले आफ्नो ११औं वार्षिकोत्सव–२०२५ को अवसरमा विशेष कार्यक्रमको आयोजना गर्न लागेको छ। कार्यक्रम २०७१ सालमा स्थापना भएको संस्थाको ११ वर्षे यात्राको उत्सव स्वरूप जुलाई २५ (शुक्रबार) का दिन फुलबारी रेस्टुरेन्ट, सनेैयामा दिउँसो १२:०० बजे सुरु हुने आयोजकले जनाएको छ। […]
सेतीकर्णाली खबर उमेश शाही , असार १६ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा नं १, काम्तिमा आइतबार २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उल्लासपूर्वक सम्पन्न गरिएको छ। “धान बालीमा समृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत रोकाया, स्थानीय जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, कृषि शाखा प्रमुख […]
सेतीकर्णाली खबर दोरेन्द्र खड्का १३ असार बझाङ / चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङले अनुगमन गरेको छ । अर्थिक वर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र बझाङको संयोजनमा आज चैनपुर बजारमा एग्रोभेट, नर्सरी, बीउ व्यवसायी, मल पसल, डेरी, मासु पसल, फर्म, कम्पनी तथा सहकारीहरूको संयुक्त अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी […]
सेतीकर्णाली खबर १३फागुन बाजुरा- बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ शिल्ड खेलको उद्घाटन सोमबार सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशीले गरेका छन् । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि स्थानीय तहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने […]
सेतीकर्णाली खबर उदय मल्ल ठकुरी ५ माघ दोहा-कतार– ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरपारी ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी २४ तारिक शुक्रबारको दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको […]
श्रावण १० । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको छ। अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार एक जनाको शव परीक्षण गर्न […]
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड […]