सेतीकर्णाली खबर मंसिर ९ गते बाजुरा : बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका ५ वडा जेराँका स्थानीय निवासी रत्नबिर शाहीका नाति तथा प्रहरी सहायक निरीक्षक कलबहादुर शाहीको छोरा बिवश बिक्रम शाही नेपाली सेनाको अधिकृत क्याडेट (उपसेनानी) चयन परीक्षणका सम्पूर्ण चरण सफलतापूर्वक पार गर्दै अन्तिम नतिजामा नाम निकाल्न सफल भएका छन्। शाहीले नेपाली सेनाले सञ्चालन गरेको अधिकृत […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही बाजुरा, कार्तिक २७ — बुढीनन्द नगरपालिका आयोजना तथा एक एक पाइला नेपालको सहयोगमा कोल्टीआधारभूत अस्पताल, बाजुरामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कुल ४२१९ जनाले उपचार सेवा प्राप्त गरेका छन्। कार्तिक २४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको तिनदिने स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा १४३ […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १३ कार्तिक बाजुरा- लायन्स क्लब अफ काठमाडौं आबद्ध (क्लब नं. १५१६०९) द्वारा “बाजुरा सपोर्ट प्रोजेक्ट” अन्तर्गत विद्यालय पोशाक तथा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। “Hope Beyond Hills: Supporting Bajura’s Women & Students” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रम अन्तर्गत बाजुरा जिल्ला स्वामिकार्तिक गाउपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही, बाजुरा असोज ३० । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा यात्रुबाहक बस दुर्घटना भएको छ। हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस आज दिउँसो करिब १२:११ बजे अनियन्त्रित भई कर्णाली करिडोर सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। […]
सरकारले बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो जानकारी गराएको हो । २१ असोज, काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार […]
२१ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी छ । प्रधानमन्त्री कार्यालयमा अहिले बैठक बसिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा बाढीपहिरोबाट आइपरेको विपत्तीका विषयमा छलफल हुने बताइएको छ ।बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक […]
काठमाडौँ —अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद् विघटनको सिफारिस गरेकी छिन् । प्रधानमन्त्रीको सिफारिस आजै राष्ट्रपतिबाट स्वीकृत भएको छ । राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले संसद् विघटनको सिफारिस स्वीकृत गरेको बताए । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मितिसमेत तोकेकी छिन् । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि विकसित […]
काठमाडौँ : नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ। सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो […]
काठमाडौँ —जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका ४ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । अस्पताल ल्याइएका ४ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे । ‘१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको […]
काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने गरी गरेको निर्णयको विरुद्ध नागरिकस्तरबाट चौतर्फी विरोध भएको छ । सरकारको सो निर्णयविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगले समेत विरोध गर्दै निर्णय पुनर्विचार गर्न माग गरेको छ ।आयोगले नागरिकको स्वतन्त्र अभिव्यक्ति र सूचना पाउने अधिकार कुण्ठित हुने भन्दै उक्त निर्णय तत्काल पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको हो । आयोगले शुक्रवार […]